दिपलको ‘उड्ने ट्याक्सी’ नाडा अटो सोमा प्रधानमन्त्रीले सार्वजनिक गर्ने
सारांश
- नाडा अटो सो २०२५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो इभीटोल सार्वजनिक गर्नेछन्।
- एमएडब्लु वृद्धिले चांगान अटोसँगको सहकार्यमा नयाँ युगको मोबिलिटी सुरु गर्ने घोषणा गरेको छ।
- प्रदर्शनीमा मानव आकारका ह्युमनोइड रोबोट र नयाँ प्रविधिका फ्युचरिस्टिक मोडलहरू पनि राखिनेछन्।
काठमाडौँ । मंगलबारदेखि सुरु हुने नाडा अटो सो २०२५ मा नेपालको पहिलो इभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग) दिपल उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रूपमा सार्वजनिक गर्ने भएका छन्।
एमएडब्लु वृद्धिले चिनियाँ अटो निर्माता चांगान अटोसँग सहकार्य गर्दै नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत गर्ने घोषणा गरेको छ। यसै सन्देशलाई मजबुत बनाउन इभीटोललाई यसपालिको प्रदर्शनीको मुख्य आकर्षणका रूपमा प्रस्तुत गर्न लागिएको कम्पनीले बताएको हो।
यसैगरी, एमएडब्लु वृद्धिले पहिलो पटक नेपालमै मानव आकारका ह्युमनोइड रोबोट पनि प्रदर्शनीमा राख्नेछ। यी रोबोटले आगन्तुकसँग प्रत्यक्ष संवाद गर्ने, मानिस सरह गतिविधि प्रदर्शन गर्ने र नयाँ प्रविधिको अनुभव गराउनेछन्। कम्पनीका अनुसार यसपटकको नाडा अटो सो केवल अटोमोबाइल प्रदर्शनी नभई नयाँ प्रविधि र भविष्यको उत्सव बन्नेछ।
नयाँ प्रविधिसहित प्रदर्शनीमा दिपल र अवतारका फ्युचरिस्टिक मोडलहरू—दिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्रा प्रिमियम अवतार ११ पनि सार्वजनिक हुनेछन्। हालै नेपालमा भव्य रुपमा सार्वजनिक गरिएको दिपल एस०५ केही दिनमै लक्जरी, स्टाइल र प्रविधिको सम्मिश्रणका कारण लोकप्रिय बन्दै गएको छ।
‘नाडा अटो सो सधैं नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च रहँदै आएको छ। यस वर्ष प्रधानमन्त्रीज्यूबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वयं ऐतिहासिक उपलब्धि हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण