मतदाता प्रमाणीकरण विवाद : विपक्षी दलले प्रमुख निर्वाचन आयुक्तविरुद्ध महाभियोग प्रस्ताव ल्याउने चेतावनी
सारांश
- भारतमा विपक्षी दलले मतदाता प्रमाणीकरण र मत चोरीको आरोपमा निर्वाचन आयुक्तविरुद्ध महाभियोग प्रस्ताव ल्याउने संकेत गरेको छ।
- विपक्षी सांसदहरूले 'भोट चोर गद्दी छोड' र 'हामी न्याय चाहन्छौं' भन्दै नारा लगाएपछि लोकसभा र राज्यसभा दुवै स्थगित गरियो।
- सदनमा विपक्षीको अवरोधका कारण ग्रुप क्याप्टेन शुभांशु शुक्लाको अन्तरिक्ष यात्राबारेको छलफल पनि स्थगित भयो।
नयाँ दिल्ली। भारतमा मतदाता प्रमाणीकरण र मत चोरीको आरोपलाई लिएर विपक्षी दलले संसदमा प्रमुख निर्वाचन आयुक्तविरुद्ध महाभियोग प्रस्ताव ल्याउने संकेत गरेको छ।
कांग्रेसका राज्यसभा सांसद सैयद नसीर हुसेनले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, ‘आवश्यक परेमा पार्टी महाभियोग प्रस्तावसहित सबै लोकतान्त्रिक माध्यम प्रयोग गर्न तयार छ।’ यद्यपि, उनले अहिलेसम्म औपचारिक छलफल भने नभएको स्पष्ट पारे।
यसबिच, सोमबार पनि लोकसभा र राज्यसभामा विपक्षी दलको होहल्ला जारी रह्यो। बिहारमा मतदाता प्रमाणीकरणको विषय उठाउँदै विपक्षी सांसदहरूले ‘भोट चोर गद्दी छोड’ र ‘हामी न्याय चाहन्छौं’ भन्ने नारा लगाएका थिए।
लोकसभा अध्यक्षको चेतावनीका बाबजुद अवरोध नरोकिएपछि सदन पहिलोपटक दिउँसो १२ बजेसम्मका लागि स्थगित भयो। कार्यवाही पुनः सुरु भएपछि पनि नाराबाजी जारी रहँदा पुनः दिउँसो २ बजेसम्मका लागि स्थगित गर्नुपर्यो।
आजको कार्यसूचीमा ग्रुप क्याप्टेन शुभांशु शुक्लाको अन्तरिक्ष यात्राको सफलताबारे विशेष छलफल हुने कार्यक्रम रहेको छ। तर विपक्षी अवरोधका कारण राज्यसभा पनि दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
-
पुटिन र चोबिच उच्चस्तरीय वार्ता : रुस–उत्तर कोरिया सम्बन्ध सुदृढ बनाउने प्रयास
-
बाँकेमा रु १३ करोड ६१ लाखका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण