विद्यालय शिक्षा विधेयक विवाद : ४० मिनेट ढिला गरी सुरु भयो शिक्षा समिति बैठक
सारांश
- प्रतिनिधिसभाको शिक्षा समिति बैठक ४० मिनेट ढिलो सुरु भयो।
- समिति सचिवले विवादित विषय थाती राखेर तयार पारेको प्रतिवेदन सभापतिलाई बुझाए।
- निजी विद्यालयको पूर्ण छात्रवृत्तिबारे दलहरूबीच विवाद कायमै छ।
काठमाडौँ । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बोलाइएको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठक निर्धारित समयभन्दा ४० मिनेट ढिलो सुरु भएको छ ।
बैठक सुरु हुँदासाथ समिति सचिव दशरथ धमलाले विवादित विषयलाई थाती राखेर तयार पारेको प्रतिवेदन समिति सभापति अम्मरबहादुर थापालाई हस्तान्तरण गरेका छन् ।
साउन २२ गते बसेको समितिको बैठकमा निजी विद्यालयको पूर्ण छात्रवृत्तिको विषयमा दलहरूबिच विवाद भएको थियो । त्यो विषयमा आजको बैठकमा शिक्षा विज्ञान प्रविधिमन्त्री रघुजी पन्तले प्रतिवेदन पेस गर्नेछन् ।
आइतबार विवादित विषयमा छलफल गर्न समन्वय परामर्श उपसमितिको बैठक बसे पनि सहमति जुटाउन सकेको थिएन ।निजी विद्यालयले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक दिन नसकिने भनिरहेका छन् । समितिका सदस्यहरूले पूर्ण छात्रवृत्तिमा आवास र पोशाक पनि हुनुपर्ने बताइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण