मोबाइल फोनमा रिङ ब्याकटोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट
सारांश
- अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकमको रिङ ब्याक टोन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
- रिटमा अनावश्यक रिङ ब्याक टोनका कारण उपभोक्ता अन्य सेवा प्रदायक र विदेशी एप प्रयोग गर्न बाध्य भएको उल्लेख छ।
- रिटमा देशको राजस्वमा घाटा भएको र उपभोक्तालाई मानसिक तनाव भएको भन्दै तत्काल रिङ ब्याक टोन बन्द गर्न माग गरिएको छ।
काठमाडौँ । नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा रिङ ब्याक टोन बजाउन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाउँदै रिट दर्ता गरेका हुन् ।
रिटमा नेपाल टेलिकमले बारम्बार बजाइरहने अनावश्यक ‘रिङ ब्याक टोन’का कारण नेपाल टेलिकमको सिम प्रयोग गर्ने उपभोक्ताहरू अन्य निजी दूरसञ्चारको सेवा लिन, ह्वाट्सएप, म्यासेन्जर, भाइवरजस्ता विदेशी कम्पनीको सेवा लिन बाध्य भएको जिकिर गरेका छन् ।
साथै विदेशी सेवा प्रदायकहरू नेपालमा दर्ता नभएको हुनाले देशको राजस्वमा समेत धेरै ठुलो घाटा लागिरहेको, सस्तो र गुणस्तरीय सेवा प्रवाह गर्नुपर्नेमा उपभोक्तालाई हैरानी दिने, इच्छाविपरीत ‘रिङ ब्याक टोन’ सुन्न बाध्य पार्ने, मानसिक रूपमा तनाव सिर्जना हुने काम गरिरहेको हुनाले विभिन्न चाडपर्व, मेला, महोत्सव, दिवस आदि अवसरमा बजाइने ‘रिङ ब्याक टोन’ बजाउन तत्काल बन्द गर्न परमादेशलगायत जो चाहिने आदेश जारी गर्न माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण