लाप्राकमा भद्रा मारेर खुसीयाली मनाइयो
सारांश
- गोरखाको लाप्राकमा गुरुङ समुदायले हिउँद लागेको खुसीयालीमा भद्रा पर्व मनाएका छन्।
- भद्रा पर्वमा काँक्रोलाई भद्राको स्वरूप दिई बलि दिने र प्रसाद बाँड्ने चलन छ।
- यस पर्वमा लाप्राक गाउँका संस्थापक खम्बो र पैसापको पूजाआजा पनि गरिन्छ।
गोरखा । गुरुङहरूको मात्र बसोबास रहेको उत्तरी गोरखाको लाप्राकका बासिन्दाले हरेक वर्षजस्तै यस वर्ष पनि हिउँद लागेकामा भद्रा मारेर खुसीयाली मनाएका छन् । धार्चे चार लाप्राकका बासिन्दाले एक ठाउँमा भेला भई काँक्रोलाई भद्राको स्वरूप बनाइ बलि चढाएर उत्सव मनाएका हुन् । यहाँ एक ठाउँमा ७०० घर रहेका छन् ।
लाप्राक घाँटु समिति तथा तमु प्ले ल्हु सङ्घ लाप्राकका अध्यक्ष बिसबहादुर गुरुङले यहाँ भदौ लागेपछि बर्खा सकिएर हिउँद लाग्यो भनेर खुसीयाली मनाउने पुरानो चलन रहेको बताए । उनले भने, “काँक्रोमा सिङ, पुच्छर, खुट्टा जोडेर राक्षसको स्वरूप बनाउँछौँ । अनि त्यसलाई खुकुरीले मार हानेर बलि चढाउँछौँ । त्यसैलाई भद्राको प्रसाद भनेर गाउँले बाँडेर खान्छौँ ।”
सोही अवसरमा लाप्राक गाउँका संस्थापक खम्बो र पैसापको पूजाआजा गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । खम्बो र पैसापले आठसय वर्षअघि लाप्राक गाउँ स्थापना गरेको जनश्रुति छ ।
बर्खा यामभरि जेजस्ता दुःख र सास्ती खेप्नु परे पनि हिउँदयाम सुखद होस् भनेर पर्व मनाउने चलन रहेको जानकारहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा पूर्व गोर्खामाथि जातीय घृणाप्रेरित आक्रमण: आरोपी पक्राउ, नेपाली समुदायमा आक्रोश
-
बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
-
मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल भोलिदेखि सुरु हुने
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण