अपडेट
प्रचण्डले बोलाए विपक्षी दलको बैठक
मङ्गलबार, ०३ भदौ २०८२, १४ : १२
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन्।
- सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको बेला बैठक बोलाइएको हो।
- बैठकमा माओवादी, रास्वपा र एकीकृत समाजवादीलगायतको सहभागिता रहने बताइएको छ।
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् । सत्तारुढ दलले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन तयारी गरेको भनिएको बेला प्रचण्डले विपक्षी दलको बैठक बोलाएका हुन् ।
केहीबेरपछि बैठक माओवादी संसदीय दलको कार्यालयमा बोलाइएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादीसहित रास्वपा, एकीकृत समाजवादीलगायतको सहभागिता रहने बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण