रवि लक्षित थापाको टिप्पणी : जेल ससुराली हो र मेजमानी पाउने ?
मङ्गलबार, ०३ भदौ २०८२, १५ : ४५
सारांश
- सांसद दुर्लभ थापाले रवि लामिछानेप्रति लक्षित गर्दै जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने बताए।
- थापाले कांग्रेस र एमालेलाई दोष दिएर आफू राम्रो भन्ने पार्टीहरू विकास भएको टिप्पणी गरे।
- उनले जेललाई ससुरालीसँग तुलना गर्दै ओलीको उदाहरण दिए, जसले १४ वर्ष जेल जीवन बिताए।
काठमाडौँ । नेपाली काँग्रेस सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति लक्षित गर्दै जेलमा ससुराली गएको जस्तो मेजमानी नपाइने भन्दै टिप्पणी गरेका छन् ।
सिंहदरबारमा मंगलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले अहिले नेकपा एमाले र कांग्रेसलाई सबै दोष लगाएर म नै राम्रो हुँ भन्ने पार्टीहरू विकास भएको बताएका हुन् ।
उनले भने, ‘एउटा काँग्रेस र एमालेलाई मात्रै दोष लगाएर सबै राम्रो हुँ भन्छन् । यो चाहिँ पार्टी गतिलो छ भनेर कुन चाहिँ छ उदाहरण दिनुस् न । व्यक्ति पनि एउटाको उदाहरण दिनुस् । जेल भनेको त ससुराली गएको होइन नि । ढोका टालेको छ, झ्याल टालेको छ । जेल त हामी पनि बसेका हौँ नि । त्यही खड्गप्रसाद ओली १४ वर्ष कालकोठीमा बस्नुभयो । अनि तिनीहरू चोर हुने, अहिले ठगै चाहिँ असल हुने ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण