उत्तर कोरियामा हतियार पठाउने एक चिनियाँलाई अमेरिकामा जेल सजाय
सारांश
- अमेरिकामा उत्तर कोरियालाई हतियार पठाएको आरोपमा एक चिनियाँ नागरिकलाई आठ वर्षको जेल सजाय सुनाइयो।
- शेङ्हुवा वेनले उत्तर कोरियाका अधिकारीहरूबाट २० लाख डलर लिएर क्यालिफोर्नियाबाट हतियार पठाएका थिए।
- सन् २०१२ मा विद्यार्थी भिसामा अमेरिका आएका वेन २०२४ को डिसेम्बरदेखि हिरासतमा थिए।
वासिङ्टन डीसी । चीनका एक नागरिकलाई अमेरिकामा जेल सजाय सुनाइएको छ । उत्तर कोरिया बन्दुक र अन्य सैन्य सामाग्री पठाएको आरोप प्रमाणित भएपछि अमेरिकाका न्याय मन्त्रालयले ४२ वर्षका शेङ्हुवा वेनलाई आठ वर्षको जेल सजाय सुनाएको हो ।
क्यालिफोनिर्याबाट हतियार ढुवानी गरेर पठाउन वेनले उत्तर कोरियाका अधिकारीहरूबाट २० लाद डलर जति लिएको मन्त्रालयले सोमबार एउटा विज्ञप्तिमा भनेको छ । वेन क्यालिफोनिर्याको ओन्टारियोका बासिन्दा हुन् । २०२४ को डिसेम्बर यता उनी हिरासतमा छन् ।
जुनमा वेनमाथि विदेशी सरकारको गैरकानूनी एजेन्ट बनेको अनि उत्तर कोरियामाथिको प्रतिबन्ध उल्लङ्घन गर्दै हतियार पठाएको आरोप प्रमाणित भएको थियो । वेन २०१२ मा विद्यार्थी भिसामा अमेरिका आएको अनि २०१३ को डिसेम्बरमा भिसाको म्याद सकिएपछि पनि अमेरिका नै बसेको विज्ञप्तिमा मन्त्रालयले भनेको छ ।
अमेरिका छिर्नुअघि वेनले चीनमा रहेको उत्तर कोरियाली दूतावासमा उत्तर कोरियाली सरकारका अधिकारीलाई भेटेको पनि बताइएको छ । दुई उत्तर कोरियाली अधिकारीले २०२२ मा वेनसँग अनलाइन म्यासेजिङ प्लेटर्फमार्फत सम्पर्क गरेको अनि उनलाई उत्तर कोरियाबाट हतियार तस्करी गर्न भनेको पनि मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण