संवैधानिक इजलास गठन नहुँदा १६ वटा मुद्दा स्थगित
सारांश
- प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बुधबार संवैधानिक इजलास गठन गरेनन्, जसका कारण पेशीमा रहेका मुद्दा स्थगित भए।
- संवैधानिक इजलास बुधबार र शुक्रबार बस्ने व्यवस्था भए पनि पछिल्लो समय विवादका कारण गठन हुन सकेको छैन।
- प्रधानन्यायाधीश राउत इजलास गोलामार्फत गठन गर्ने पक्षमा उभिएपछि संवैधानिक इजलास प्रभावित भएको छ।
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बुधबार पनि संवैधानिक इजलास गठन गरेनन् । संवैधानिक इजलास गठन नहुँदा आज पेशी सूचीमा चढ्ने १६ वाट मुद्दा स्थगित सूचीमा राखिएको छ ।
बुधबार र शुक्रबार नियमित रूपमा संवैधानिक इजलास गठन हुने न्यायिक अभ्यास भएपनि पछिल्ला दिनहरूमा विवादमा कारण हुन सकेको छैन ।हरेक बुधबार र शुक्रबार संवैधानिक इजलास बस्ने गरी तोकिएको छ । शुक्रबार नयाँ दर्ता भएका मुद्दामा प्रारम्भिक सुनुवाइ हुन्छ भने बुधबार पूर्ण सुनुवाइ हुने गर्छ ।
सङ्घीय इकाईहरूबिचको विवाद, कानुन, संविधानसँग बाझिएका विषय र निर्वाचनसम्बन्धी विवाद हेर्ने जिम्मेवारी तोकिएको यस इजलासमा संविधानको ‘गम्भीर व्याख्याको प्रश्न समावेश भएका’ अन्य विवाद पनि पठाइन्छ ।
पछिल्लो पटक साउन २५ गते संवैधानिक इजलास गठन भएको थियो। त्यसपछि संवैधानिक इजलास गठन हुन नसकेको र जारी विवाद निष्कर्षमा नपुगेसम्म गठन हुने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीशको नेतृत्व रहने गरी न्याय परिषद्को सिफारिसमा सर्वोच्चका अन्य चार न्यायाधीश सम्मिलित संवैधानिक इजलास गठन हुने व्यवस्था संविधानमा छ ।
प्रधानन्यायाधीशकै नेतृत्वमा रहने न्याय परिषद्ले वरिष्ठताका आधारमा चार न्यायाधीश सिफारिस गर्दै आएको थियो ।
पछिल्लो समय प्रधानन्यायाधीश राउत संवैधानिक इजलास पनि गोलामार्फत गठन गर्ने पक्षमा उभिएपछि संवैधानिक इजलास प्रभावित हुँदै आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण