सकियो ‘एक्लो’को छायाङ्कन
काठमाडौँ । वैज्ञानिक कल्पनामा आधारित नेपाली चलचित्र ‘एक्लो’ छायाङ्कन सकिएको छ । निर्देशक प्रदीप शाहीका अनुसार हालै एक गीतको छायाङ्कनपछि चलचित्रकाे छायाङ्कन सकिएको हो ।
काठमाडौँमा भव्य सेट लगाएर छायाङ्कन गरिएको गीत कविता नेपालीमाथि फिचर्ड गरिएको थियो । गीतमा स्वप्निल शर्माको स्वर र रोहित शाक्यको सङ्गीत छ ।
गीतको भिडियोको कोरियोग्राफी कविता नेपालीले गरेकी हुन् । कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ का अनुसार गीत दसैँमा रिलिज गरिनेछ ।
‘एक्लो’मा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन्। फिल्मको पोस्ट–प्रोडक्सन लन्डनमा भइरहेको छ र आउँदो पुसमा, क्रिसमसको अवसर पारेर रिलिज गर्ने तयारी गरिएको छ ।
चलचित्रमा प्रदीपसँगै विजय लामा, दिया पुन, कविता नेपाली, जेमी बेकन, बेनिशा हमाललगायतका कलाकारको अभिनय छ ।
चलचित्रका निर्माताहरूमा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, सङ्गीता वादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति र शशिकला गुरुङ रहेका छन्। कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिका
-
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित
-
डेम्बेलेको सानदार ह्याट्रिकमा समूह चरणमा फ्रान्सको शतप्रतिशत जित
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण