बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कालो झण्डासहित निजी विद्यालयको बस सडकमा, चक्रपथ परिक्रमा गर्ने, तस्बिरहरू
विरोध

कालो झण्डासहित निजी विद्यालयको बस सडकमा, चक्रपथ परिक्रमा गर्ने, तस्बिरहरू

शुक्रबार, ०६ भदौ २०८२

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै आज विरोध कार्यक्रम गरेका छन् ।

उनीहरूले आज बिहान ११ बजेबाट देशभरका विद्यालयहरूका सवारीसाधन कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतारेका छन् । साथै प्रतिघण्टा २० किमीको गतिमा बिस्तारै नगर परिक्रमा गर्ने बताएका छन् ।

काठमाडौँ उपत्यकाभित्र सम्पूर्ण विद्यालयका सवारी साधनहरूले २७ किमी चक्रपथ वरिपरि कालो ब्यानरसहित परिक्रमा गर्नेछन् । आज नै दिउँसो १२:३० बजे माइतीघर मण्डलामा भेला भई सङ्घीय संसद् घेराउ गर्ने कार्यक्रम रहेको प्याब्सनले जनाएको छ ।

private school bus (1)private school bus (2)private school bus (3)private school bus (4)private school bus (5)private school bus (6)private school bus (7)private school bus (8)private school bus (9)private school bus (10)private school bus (11)private school bus (12)private school bus (13)private school bus (14)private school bus (15)private school bus (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया