समाचार
नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा मुछिएपछि रास्वपाका कँडेल निलम्बनमा
शुक्रबार, ०६ भदौ २०८२, १५ : ४२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले बागमती प्रदेश प्रशिक्षण विभागका हरि प्रसाद कडेललाई निलम्बन गरेको छ।
- नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न भएको आरोपमा रूपन्देही प्रहरीले कडेललाई पक्राउ गरेको थियो।
- पार्टीले अनुसन्धानमा सहयोग पुर्याउन कँडेललाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको जनाएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले बागमती प्रदेशका प्रशिक्षण विभागमा रहेका हरि प्रसाद कँडेललाई निलम्बन गरेको छ । शुक्रबार केन्द्रीय अनुशासन आयोगले कँडेललाई निलम्बन गरेको हो ।
कानुन विपरीतका कार्यहरू नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्न भनी रूपन्देही जिल्ला प्रहरी कार्यालयबाट पक्राउ गरिएको सूचनापछि पार्टीले कँडेललाई निलम्बन गरेको हो ।
आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,'नक्कली शैक्षिक प्रमाणपत्र छपाइमा संलग्नको विषयमा प्रहरीको आवश्यक छानबिन र अनुसन्धानका क्रममा सहजता पुर्याउने उद्देश्यले तपाईँलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी निलम्बन गरिएको जानकारी गराउँदछौँ ।'
साथै प्रमाणित भएमा अन्य थप कारबाही समेत हुनसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण