समावेशी गणतन्त्रको सपना अपूरो छ : प्रचण्ड
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र त्याग र बलिदानको उपलब्धि भएको बताए।
- प्रचण्डले संविधानले उत्पीडित वर्ग र समुदायलाई पूर्ण अधिकार दिन नसकेको बताए।
- उनले उत्पीडित वर्गका मुद्दालाई फेरि अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्था त्याग र बलिदानको उपलब्धि भएको बताएका छन् ।
लमजुङको बेशिशहरमा नेपाल तामाङ घेदुङ जिल्ला समितिको आयोजनामा आयोजित तामाङ समुदायको सांस्कृतिक तथा सङ्ग्रहालय भवनको उद्घाटन समारोहमा भर्चुअल रूपमा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गएपनि संविधानले सबै उत्पीडित वर्ग तथा समुदायलाई पूर्ण अधिकार दिन नसकेको समेत बताए ।
अध्यक्ष प्रचण्डले भने, “हामी अहिले जुन चौतारीमा आइपुगेका छौँ, त्यो त्याग र बलिदानको परिणाम हो। तर अझै पनि उत्पीडित वर्ग र समुदायले जुन अधिकार पाउनु पर्ने हो, त्यो हदसम्म पुग्न सकेका छैनौँ ।”
उक्त भवन निर्माणका लागि सङ्घीय सरकारबाट बजेट माओवादी केन्द्रकी प्रतिनिधि सभा सदस्य उर्मिला माझीको पहलमा विनियोजन गरिएको थियो ।
अध्यक्ष प्रचण्डले संविधान बनाउँदा केही विषयमा सम्झौता गर्न बाध्य भए पनि उत्पीडित वर्गका मुद्दाहरूलाई संविधानसभामै ’रिजर्भेसन’, ’भिन्न मत’ वा ’नोट अफ डिसेन्ट’ दर्ता गरिएको स्मरण गराउँदै अब ती मुद्दालाई फेरि अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
-
'विश्वमा शान्ति, करुणा, सहिष्णुता र मानवताको प्रवर्द्धनमा बौद्ध दर्शनमा आधारित संस्थाहरूको भूमिका महत्वपूर्ण'
-
वन कार्यालयको स्कोरपियोसँग ठोक्किँदा महिलाको मृत्यु
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण