तिजको अवसरमा २१ जना सौन्दर्यकर्मीलाई ब्युटिसियन अवार्ड
सारांश
- काठमाडौँमा एक कार्यक्रममा २१ जना सौन्दर्यकर्मीलाई ब्युटिसियन अवार्ड प्रदान गरियो।
- कार्यक्रममा मङ्गलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले महिलाहरूलाई अगाडि बढ्न अनुरोध गरिन्।
- वरिष्ठ सौन्दर्यकर्मी सुषमा महरा, सौन्दर्यविद् कमला श्रेष्ठ लगायतका व्यक्तिहरू सम्मानित भए।
काठमाडौँ। विभिन्न २१ जना सौन्दर्यकर्मीलाई ब्युटिसियन अवार्ड प्रदान गरिएकाे छ । मङ्गलादेवी सिंह फाउन्डेसन र गोङ्गबु ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरले तिजको अवसर पारेर काठमाडौँमा एक कार्यक्रम गर्दै सम्मान प्रदान गरेको हो ।
मङ्गलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंह, पटोखा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष बाबुकाजी महर्जन, महिला वडा सदस्य लीला देवी अधिकारीलगायतले सम्मान प्रदान गरे ।
तारकेश्वर नगरपालिका बाल विकास तथा सामाजिक शाखा प्रमुख प्रतिमा मिश्र, समाजसेवी स्मृति महर्जनको समेत सहभागिता रहेको कार्यक्रममा मंगलादेवी फाउन्डेसनकी अध्यक्ष सिर्जना सिंहले महिलाहरू सक्रिय रूपमा अगाडि बढ्न अनुरोध गरिन् । जवसम्म महिला अगाडि बढ्दैनन् देशको विकास सम्भव नहुने उनको भनाई रहेको थियाे ।उनले महिलाले मङ्गलादेवी सिंहले देखाएको मार्गमा सबै दिदीबहिनीहरू हिँड्नुपर्ने धारण राखिन् ।
कार्यक्रममा सम्मानित हुनेहरूमा वरिष्ठ सौन्दर्यकर्मी सुषमा महरा, सौन्दर्यविद् कमला श्रेष्ठ, डाक्टर राजश्री श्रेष्ठ, रिता तिवारी, सुमा चित्रकारलगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट भिडन्त: नर्वे भर्सेस आइभोरी कोस्ट, यस्तो छ आगामी खेलको तालिका
-
सेनेगलको सानदार जित: इराकमाथि ५–० को गोल वर्षा, अघिल्लो चरणको सम्भावना जीवित
-
डेम्बेलेको सानदार ह्याट्रिकमा समूह चरणमा फ्रान्सको शतप्रतिशत जित
-
पहिलो हाफमै ओस्मान डेम्बेलेको सानदार ह्याट्रिकः नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
३२ मिनेटमै डेम्बेलेको ह्याट्रिक, नर्वेविरुद्ध फ्रान्स ३–१ ले अगाडि
-
विद्यालय तहमा नैतिक शिक्षाको पुनर्स्थापना समयको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण