बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

त्रिभुवन राजपथ अझै अवरुद्ध

शनिबार, ०७ भदौ २०८२, ०९ : ०२
शनिबार, ०७ भदौ २०८२

सारांश

  • हेटौँडा-काठमाडौँ जोड्ने त्रिभुवन राजपथमा वर्षा र पहिरोका कारण अवरोध आएको छ।
  • भीमफेदी र सुपारे टारमा पहिरो हटाउन दुईवटा मेसिन प्रयोग गरिएको छ, तर हटाउन समय लाग्ने देखिन्छ।
  • राजपथ अवरुद्ध हुँदा हेटौँडाबाट काठमाडौँ र ललितपुर जाने मार्गहरू पनि बन्द भएका छन्।

मकवानपुर । हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ अझै अवरुद्ध छ । शुक्रबार दिउँसो परेको वर्षाका कारण गिटी बालुवा सहितको भल र पहिरोले अवरुद्ध सडक अझै खोल्न नसकेको हो। भीमफेदी गाउँपालिका–१ स्थित बागझोरामा गिटी बालुवा सहितको भल र सुपारे टार ब्यारेक नजिक खसेको पहिरोले अवरुद्ध भएको सडक अझै खुल्न नसकेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागझोराको गिटी बल्वा सहितको भल नियन्त्रण भए पनि पहिरो भने हटाउन कठिन भएको छ । राति सुपारेटार ब्यारेक नजिकै खसेको पहिरो हटाउन शनिबार बिहानैबाट दुईवटा मेसिन परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक स्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार पहिरो निकै ठुलो रहेकाले हटाउन केही समय लाग्ने छ । उक्त सडक अवरुद्ध हुँदा हेटौँडा काठमाडौँ जोड्ने छोटादुरीका मार्गसमेत बन्द भएका छन्। सो सडक भएर हेटौडा आउने सवारीलाई भैंसे र भीमफेदीमा रोकिएको छ अनि हेटौडाबाट काठमाडौँ जाने सवारीलाई हेटौडा बजार क्षेत्रमा रोकिएको उनले बताए ।

उक्त स्थानमा पहिरो खस्दा हेटौँडा काठमाडौँ जोड्ने भीमफेदी कुलेखानी फाखेल काठमाडौँ र कुलेखानी सिस्नेरी काठमाडौँ सडक समेत अवरुद्ध भएको हो।

यस्तै पहिरोका कारण हेटौँडा ललितपुर जोड्ने कान्ति लोकपथ समेत अवरुद्ध भएको छ। गएराति खसेको पहिरोका कारण अवरुद्ध सडक खुलाउन सकिएको छैन मकवानपुरको ठिङ्गन तथा जितपुर भन्ज्याङमा पहिरो खस्दा समेत अवरुद्ध भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप