एनएमए अध्यक्षमा गुरुङद्वारा प्यानलसहित उम्मेदवारी
सारांश
- कुलबहादुर गुरुङले नेपाल पर्वतारोहण संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।
- उनले आफ्नो समूहमा पर्यटन क्षेत्रमा लामो समयदेखि काम गरेका अनुभवी उम्मेदवार रहेको बताएका छन्।
- गुरुङ समूहको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङले उम्मेदवारी दिएका छन्।
काठमाडौं । नेपालको पर्वतीय पर्यटन क्षेत्रमा लामो समयदेखि क्रियाशील कुलबहादुर गुरुङले नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । मलेसियाको लिंकन विश्वविद्यालयबाट पर्वतीय पर्यटन विषयमा विद्यावारिधि गरिरहेका गुरुङले शनिबार हुन लागेको संघीय चुनावमा आफ्नो उम्मेदवारी दिएका हुन् ।
‘हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान! सशक्त संघ, दिगो पर्वतीय पर्यटन!’ नारासहित गुरुङले आफ्नो समूहलाई अगाडि बढाएका छन् । उनले आफ्नो समूहमा पर्यटन क्षेत्रमा लामो समयदेखि काम गरेका अनुभवी र सक्षम उम्मेदवार रहेका कारण चुनाव जित निश्चित भएको दाबी गरे ।
गुरुङ समूहको वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विमलकुमार नहर्की, सचिवमा डिमा दिकी शेर्पा र कोषाध्यक्षमा सुमी लामाले उम्मेदवारी दिएका छन ।
यसैगरी सदस्यहरुमा पुस्कर शाह, बलबहादुर सुयल, माधवप्रसाद पाण्डे, हरिगोपाल प्रधान, सुदांश लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा, पासाङ शेर्पा र अशोककुमार तामाङ रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण