बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव, कहाँ-कहाँ छ आकस्मिक बाढीको जोखिम ?
सारांश
- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।
- कोशी, नारायणी, बागमती, कर्णाली लगायतका नदीहरुमा बहाव सतर्कता तहभन्दा तल छ।
- सिन्धुपाल्चोक लगायतका जिल्लाहरूमा आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।
कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल रहेको र महाकाली नदीको बहाव सतर्कता तह आसपास रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
आइतबार सिन्धुपाल्चोक, रसुवा, धादिङ, लमजुङ र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।
साथै नुवाकोट, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, मुगु, जुम्ला, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेलले भने- तपाईं पहल गर्नुस् म तयारै छु भनेकै हो
-
डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा
-
नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण