थाइल्याण्डकी आउटसाइड हिटर दारिन ललितपुर क्विन्समा आबद्ध
सारांश
- ललितपुर क्विन्सले थाइल्याण्डकी भलिबल खेलाडी दारिन पिन्सुवानलाई अनुबन्ध गरेको छ।
- दारिनले थाइल्याण्ड राष्ट्रिय टोलीबाट खेल्दै एसियन गेम्समा कांस्य पदक जितेकी थिइन्।
- ललितपुरले एभरेस्ट महिला भलिबल लिगको लागि खेलाडीहरू तयार पारेको छ, जसमा आयशा शाक्य गुडविल एम्बासडर छिन्।
ललितपुर । थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवानलाई ललितपुर क्विन्सले अनुबन्ध गरेको छ।
पोखरामा अर्को सातादेखि सुरु हुने एभरेस्ट महिला भलिबल लिगको तयारीस्वरूप ललितपुरले उनलाई आफ्नो तेस्रो विदेशी खेलाडीको रूपमा आबद्ध गरेको जानकारी दिएको हो। यसअघि ललितपुरले थाइल्याण्डकै वारन्या श्रिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको छ।
३० वर्षीया दारिनले थाइल्याण्ड, दक्षिण कोरिया र चाइनिज ताइपेईमा व्यावसायिक अनुभव आर्जन गर्नुका साथै थाइल्याण्ड राष्ट्रिय टोलीसहित २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको एसियन गेम्समा कांस्य पदक जितेकी थिइन्। उनको आगमनसँगै टोली थप बलियो बनेको क्विन्सको विश्वास छ।
गत संस्करणको लिग आफ्ना साथीहरू खेलेको हुँदा आफैं पनि अवगत रहेको बताउने दारिनले यसपटक नेपालमा उपाधि जित्ने लक्ष्य रहेको जनाएकी छन्।
घरेलु भलिबलमा सफल प्रशिक्षक उत्सव खड्काको नेतृत्वमा ललितपुर क्विन्स कोर्टमा उत्रनेछ। टोलीको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेकी छन्। अक्सनमार्फत संगम महतो, लक्ष्मी चन्द, सुनिता राई, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई टोलीमा समावेश गरिएको छ।
दीक्षिण एसियाली खेलकुद (साग) की तीन स्वर्ण पदक विजेता आयशा शाक्यलाई ललितपुरले आफ्नो गुडविल एम्बासडर नियुक्त गरेको छ। रुप्से होलिडेज मुख्य प्रायोजक रहेको ललितपुरलाई आईएमई जनरल इन्स्युरेन्सले पनि साथ दिएको छ।
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ सम्म पोखरामा आयोजना हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण