प्रिमियर लिग
फुलहम र म्यानचेष्टर युनाइटेड १-१ को बराबरीमा रोकिए
आइतबार, ०८ भदौ २०८२, २३ : २७
सारांश
- आजको प्रिमियर लिग खेलमा फुलहम र म्यानचेष्टर युनाइटेड १-१ को बराबरीमा रोकिए।
- म्यानचेष्टर युनाइटेडले ५८औँ मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो।
- इमिल स्मिथ रोवले ७३औँ मिनेटमा गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए।
काठमाडौँ । प्रिमियर लिग अन्तर्गत आजको खेलमा फुलहम र म्यानचेष्टर युनाइटेड १-१ को बराबरीमा रोकिएका छन्।
नेपाली समयअनुसार आइतबार ९ः१५ देखि सुरुभएको खेल बारबरीमा टुङ्गिएसँगै दुवै टोलीले समान एक–एक अंक बाढेका छन् ।
खेलको ५८औँ मिनेटमा आत्मघाती गोलमार्फत म्यानचेष्टर युनाइटेडले अग्रता लिएको थियो। फुलहमका रोड्रिगो मुनीजले आत्मघाती गोल गरेपछि पाहुना टोली १–० ले अघि बढेको थियो। तर, ७३औँ मिनेटमा इमिल स्मिथ रोवले गोल गर्दै फुलहमलाई बराबरीमा ल्याए।
खेलको बाँकी समय दुवै टोलीले थप गोल गर्न नसक्दा खेल १–१ मै सकियो।
यसअघि आर्सनलसँग १–० ले पराजित भएको म्यानचेष्टर युनाइटेड दुई खेलबाट जम्मा १ अङ्कसहित तालिकाको १६औँ स्थानमा छ। त्यस्तै समान दुई खेल खेलेको फुलहम दुवै खेल समान १–१ अङ्क प्राप्त गर्दै तालिकामा दुई अङ्क सहित १३ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केएमसीमा खुट्टा काट्नुपर्ने जोखिममा रहेका बिरामीको बिनाचिरफार सफल उपचार
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो
-
पेरेडेसले किन गाभीको घाँटी समातेर लडाइदिए ?
-
एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु
-
झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न
-
दमकमा खैरो हेरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण