अपडेट
तिजको अघिल्लो दिन सुनको मूल्य सामान्य घट्यो
सोमबार, ०९ भदौ २०८२, १० : ३६
सारांश
- तिजको अघिल्लो दिन सुनको मूल्यमा गिरावट आएको छ, प्रति तोला ३०० रुपैयाँले घटेको छ।
- सोमबार छापावाल सुन प्रति तोला १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ।
- चाँदीको मूल्य भने बढेको छ, प्रति तोला ५ रुपैयाँले वृद्धि भएको छ।
काठमाडौँ । तिजको अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भएको हो ।
महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सोही सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार रु ५ बढेर तोलामा २ हजार ३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । नेपाली हिन्दु महिलाले मंगलबार तिज मनाउँदै छन् । तिजको अवसरमा सुनचाँदीको व्यापार राम्राे हुने व्यवसायीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण