ब्राजिलियन भलिबल खेलाडी मायरा भिटोरिया कर्णाली यशविसमा अनुबन्धित
सारांश
- कर्णाली यशविसले एभरेस्ट महिला भलिबल लिगको दोस्रो सिजनका लागि ब्राजिलियन खेलाडी मायरा भिटोरियालाई अनुबन्ध गरेको छ।
- कर्णालीले यसअघि ब्राजिलियन खेलाडी आना फ्लाभियालाई पनि अनुबन्ध गरेको थियो, र उपाधि रक्षाको लक्ष्य राखेको छ।
- कर्णाली यशविसले महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर र कुमार राईलाई प्रशिक्षकको रूपमा निरन्तरता दिएको छ।
काठमाडौँ । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यशविसले धमाधम विदेशी खेलाडी अनुबन्ध गरिरहेको छ ।
ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको गरेको केही दिन भित्रै अर्की चर्चित ब्राजिलका महिला भलिबल खेलाडी मायरा भिटोरियालाई अनुबन्ध गरेको छ । इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसले सेटर आना फ्लाभिया र आउटसाईड हिटर मायरा भिटोरियालाई अनुबन्धित गरेको हो।
पहिलो संस्करणको विजेता कर्णाली यशविसले दोस्रो संस्करणमा उपाधि रक्षा गर्ने लक्ष्यसहित लागि ब्राजिलका महिला भलिबल खेलाडीहरू अनुबन्ध गरेको हो । यसअघि कर्णाली यशविसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण