कांग्रेसका सभापति, उपसभापति र महामन्त्रीको बैठक दिउँसो २ बजेलाई सर्यो
सारांश
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ।
- बैठकमा उपसभापति र महामन्त्रीहरूलाई बोलाइएको छ, जसमा उपसभामुख इन्दिरा रानामगरको विषयमा छलफल हुनेछ।
- राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन र उपसभामुखको पदीय आचरणबारे पनि छलफल हुने बताइएको छ।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्री गर्ने बैठक दिउँसो २ बजेका लागि सरेको छ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार र उपसभामुख इन्दिरा रानामगरमाथिको पदीय आचरण विपरीतको कार्य गरेको भन्दै हटाउन भइरहेको गृहकार्यबारे छलफल गर्न देउवाले पार्टीका उपसभापति र महामन्त्रीहरूलाई बिहान १० बजे आफ्नै निवास बुढानीलकण्ठमा बोलाएका थिए ।
त्यो बैठक दिउँसो २ बजेका लागि सरेको महामन्त्री गगन थापाले रातोपाटीलाई जानकारी दिए । बैठकमा देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई बोलाएका उनको सचिवालयले जानकारी दिएको छ ।
साउन २८ गते सङ्घीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गडबडी गरेको पाइएपछि विवादमा परेका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा बैठकमा पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ ।
राज्य व्यवस्था तथा सुशासन समिति सभापति पद रिक्त भएको १५ दिन भदौ ११ गते पुग्ने भएकाले त्यसको ४८ घण्टा अगाडि निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गर्नुपर्छ । अर्कोतर्फ उपसभामुख रानामगरलाई पदीय आचरण विपरीत काम गरेको भन्दै कांग्रेस एमालेका सांसदहरूले हस्ताक्षर सङ्कलन गरिरहेका छन् ।
त्यो कार्यको पार्टीभित्रका इतर समूहका नेता डा.शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विरोध गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण