रवीन्द्र मिश्रले हिरासतमा लेखेका कविताको संग्रह सार्वजनिक हुँदै
सारांश
- राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले ५० दिन हिरासतमा लेखेका कविताहरूको संग्रह 'माथिको आदेश छ' तयार भएको छ।
- उक्त कविता सङ्ग्रह भदौ २८ गते सार्वजनिक गरिने भएको छ, जसमा हिरासतको अनुभव समेटिएको छ।
- मिश्रले हिरासतमा रहँदा ३५ वटा कविता लेखे, जुन उनको दोस्रो कविता संग्रह हो।
काठमाडौँ । राप्रपाका उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’ तयार भएको छ । उक्त कविता सङ्ग्रह भदौ २८ मा सार्वजनिक गरिने भएको छ ।
‘माथिको आदेश छ’मा सङ्गृहीत कविता हिरासतसँगको बाध्यात्मक संसर्गबाट जन्मिएका सन्तान रहेको मिश्रले बताए । ‘यी कविता ‘हिरासतको ‘म’का आवाज, आवेग र आर्तनाद हुन्,’ उनले भनेका छन् ।
‘५० दिन हिरासतमा बस्दा मलाई ३५ ओटा कविता फुरेछन् । कविताको सोच दिमागमा आउनु सामान्य हो तर त्यो सोच कविताको स्वरूपमा अभिव्यक्त हुनु असामान्य हो । हिरासत बसाइमा मलाई निरन्तर रूपमा कविताका सोचहरू दिमागमा फुरेछन् र तिनलाई मैले कवितामा रुपान्तरण गर्न सकेछु,’ कविताबारे उनले भने।
‘तर त्यति छोटो अवधिमा त्यति धेरै कविता मैले जीवनमा कहिल्यै लेखेको थिइनँ । हिरासत बसाइका क्रममा कुनै दिन दुई ओटा कविता पनि लेखेको रहेछु ।’ मिश्रको यो दोस्रो कविता संग्रह हो । उनको पहिलो कविता संग्रह ‘रवीन्द्र मिश्रका कविता’ २०७१ सालमा प्रकाशन भएको थियो । कविता सङ्ग्रह फाइनप्रिन्टले प्रकाशन गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण