अपडेट
तिजको दिन सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
मङ्गलबार, १० भदौ २०८२, १० : ४१
सारांश
- तिजको दिन सुनको मूल्य वृद्धि भएको छ, छापावाल सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ पुग्यो।
- तिजमा सुनको कारोबार बढ्ने व्यवसायीको भनाइ छ।
- चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर तोलामा २ हजार ३६० रुपैयाँ पुगेको छ।
काठमाडौँ । हिन्दु महिलाको पर्व तिजको दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको हो ।
तिजको बेलामा सुनको कारोबार बढी हुने व्यवसायीहरू बताउँछन् ।
मंगलबार सुनको मूल्य बढ्दा सोमबार भने छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको थियो । यस आधारमा तिजको दिन आज सुनको मूल्य १ हजार ५०० रुपैयाँ बढेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार ५ रुपैयाँ बढेर २ हजार ३६० रुपैयाँ कायम भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण