शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

२३ स्थानमा इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढ्यो (सूचीसहित)

मङ्गलबार, १० भदौ २०८२, १८ : ००
मङ्गलबार, १० भदौ २०८२

काठमाडौँ । गृह मन्त्रालयले २३ स्थानमा इलाका प्रशासन कार्यालय थप गर्ने प्रक्रिया अघि बढाएको छ । सेवा प्रवाहलाई थप सहज र सरल बनाउनुका साथै सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक सुगमता र पहुँचबिच देखिएको असमानतालाई समाधान गर्न आवश्यक भएको  भन्दै मन्त्रालयले इलाका प्रशासन कार्यालय थप्ने प्रक्रिया अघि बढाएको हो । 

मन्त्रालयले सचिवस्तरको निर्णयबाट २०८१ पुस ५ गते संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन पेशगर्न कार्यदल बनाएको थियो ।  गृह मन्त्रालय, प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा बनेको कार्यादलको सिफारिस अनुसार इलाका प्रशासन कार्यालय राख्ने प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ । 

कागजातअनुसार इलाका प्रशासन कार्यालय यी स्थानमा थपिने छन्-
१.    इलाका प्रशासन कार्यालय, सिरिजंगा, ताप्लेजुङ्ग
२.    इलाका प्रशासन कार्यालय, हलेसी, खोटाङ्ग
३.    इलाका प्रशासन कार्यालय, घोराखोरी, ओखलढुंगा
४.    इलाका प्रशासन कार्यालय, सुखिपुर, सिरहा
५.    इलाका प्रशासन कार्यालय, धनुषाधाम, धनुषा
६.    इलाका प्रशासन कार्यालय, वलरा, सर्लाही
७.    इलाका प्रशासन कार्यालय, पोखरिया, पर्सा
८.    इलाका प्रशासन कार्यालय, दुधौली, सिन्धुली
९.    इलाका प्रशासन कार्यालय, टोखा, काठमाण्डौ
१०.     इलाका प्रशासन कार्यालय, धो, डोल्पा
११.    इलाका प्रशासन कार्यालय, खत्याड, मुगु
१२.    इलाका प्रशासन कार्यालय, रास्कोट, कालिकोट
१३.    इलाका प्रशासन कार्यालय, कोल्टी, वाजुरा
१४.    इलाका प्रशासन कार्यालय, देउरा, बझाङ्ग
१५.    इलाका प्रशासन कार्यालय, साफेबगर, अछाम
१६.    इलाका प्रशासन कार्यालय, विपिनगर, डोटी
१७.    इलाका प्रशासन कार्यालय, गोकुलेश्वर, दार्चुला
१८.    इलाका प्रशासन कार्यालय, मेलौली, बैतडी
१९.    इलाका प्रशासन कार्यालय, हेदङ्गवा, संखुवासभा
२०.    इलाका प्रशासन कार्यालय, गैडहवा, रुपन्देही
२१.    इलाका प्रशासन कार्यालय, भिमाद, तनहुँ
२२.    इलाका प्रशासन कार्यालय, सितगंगा, अर्घाखाची
२३.    इलाका प्रशासन कार्यालय, खैरहनी, चितवन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप