महतोद्वारा उखु किसानको आन्दोलनलाई समर्थन, समस्या समाधान गर्न सरकारसँग आग्रह
सारांश
- राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले उखु किसान आन्दोलनलाई समर्थन जनाएका छन्।
- उनले किसानलाई दिइने अनुदान कटौती र बक्यौता भुक्तानी नगरेकोमा सरकारको आलोचना गरेका छन्।
- महतोले किसानका समस्या समाधान गर्न र कृषक सुरक्षा ऐन बनाउन माग गरेका छन्।
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंमा जारी उखु किसान आन्दोलनलाई पूर्ण समर्थन जनाउँदै सरकारले तत्काल समस्या समाधान गर्नुपर्ने धारणा राखेका छन्।
आज जारी प्रेस विज्ञप्तिमा महतोले कृषक समुदायलाई राज्यले निरन्तर उपेक्षित र पीडित बनाउँदै आएको आरोप लगाएका छन्। उनले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखु किसानका लागि छुट्याइएको अनुदान विनियोजन नै नगरेको र अघिल्लो वर्षको अनुदान समेत आधा कटौती गरेकोमा घोर आपत्ति जनाएका छन्। यस कदमलाई उनले किसानविरोधी राष्ट्रघातक निर्णयको संज्ञा दिएका छन्।
महतोका अनुसार, उखु किसानलाई दिइने अनुदान रोक्नु वा कटौती गर्नु लामो संघर्षको अपमान मात्र नभई सुखा, अनावृष्टि र अतिवृष्टिले थिचिएका किसानमाथि थप पीडाजनक प्रहार हो। विज्ञप्तिमा कृषिप्रति राज्यको उदासीनता, आयातमुखी व्यवसायलाई प्रोत्साहन र बहुराष्ट्रिय कम्पनीलाई प्राथमिकता दिएको आरोप पनि लगाइएको छ।
उनले किसानको उत्पादन लागत बढ्दो तर मूल्य निर्धारणमा सहभागिता नहुनु, आवश्यक मल–बीउ समयमा नपाइने, र अनुदान कटौती हुनु सरकारको “आर्थिक आक्रमण” भएको दाबी गरे। जलवायु परिवर्तन र प्राकृतिक प्रकोपसँग जुधिरहेका किसानलाई सहयोग गर्नुको सट्टा राज्यले पलायनतर्फ धकेलिरहेको उनको आरोप छ।
विज्ञप्तिमा तत्काल उखु किसानलाई अनुदान पुनःस्थापना गरी बक्यौता भुक्तानी गर्न, सार्वजनिक वितरण प्रणालीमार्फत मल, बीउ, सिँचाइ र यान्त्रीकरणमा निःशुल्क वा अनुदानित पहुँच सुनिश्चित गर्न माग गरिएको छ। साथै कृषक उत्पादनको न्यूनतम मूल्य ग्यारेन्टी गर्न कृषि मूल्य निर्धारण आयोग गठन, किसानको ऋण मिनाहा, बीमा र विपद्को समयमा राहत उपलब्ध गराउन कृषक सुरक्षा ऐन निर्माणको आवश्यकता महतोले औंल्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण