राज्य व्यवस्था तथा सुशासन समिति सभापति न्यौपानेले लिइन् शपथ
सारांश
- ईश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा निर्विरोध निर्वाचित भइन् र शपथ लिइन्।
- यसअघिका सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि न्यौपानेलाई उक्त पद प्राप्त भएको हो।
- न्यौपाने कांग्रेसबाट समानुपातिक सांसद हुन् र यसअघि उपसभामुखमा पराजित भएकी थिइन्।
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद् ईश्वरीदेवी न्यौपाने प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा पद तथा गोपनीयताको शपथ लिएकी छन् । सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित संघीय संसद् सचिवालयको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा न्यौपानेलाई शपथ गराएका हुन् ।
समिति सभापतिमा उनको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएकी थिइन् । यसअघिका सभापति रामहरि खतिवडा कुलिङ अफ पिरियड सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए ।
न्यौपाने कांग्रेसबाट समानुपातिक तर्फकी सांसद् हुन् । उनलाई यसअघि कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा पनि उम्मेदवार बनाएको थियो ।
न्यौपाने संविधानसभाको दुई कार्यकाल २०६४ र २०७० मा सदस्य थिइन् । २०७० सालको कार्यकालमा न्यौपाने कांग्रेसको सचेतक भएर पनि काम गरेकी थिइन् । कांग्रेस केन्द्रीय सदस्य न्यौपानेले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण