भारतलाई ट्रम्प प्रशासन लगायो ५० प्रतिशत ट्यारिफ : १० लाख रोजगारी सङ्कटमा, नेपाललाई फाइदा
काठमाडौँ । अमेरिकाले भारतलाई ५० प्रतिशतको ट्यारिफ लगाउन सुरु गरेको छ । ट्रम्प प्रशासनले यसअघि घोषणा गरेबमोजिम आज (अगस्ट २७) देखि आयात हुने सामानहरूमा ५० प्रतिशतको यस्तो कर लगाउन थालेको हो ।
यसअघि अगस्ट १ तारिखदेखि अमेरिकाले २५ प्रतिशतको रेसिप्रोकल ट्यारिफ लगाएको थियो । व्यापार सम्झौताका सर्त पालना नगरे आजदेखि ट्यारिफ बढाएर ५० प्रतिशत पुर्याउने ट्रम्प प्रशासनको चेतावनी थियो ।
खासगरी रुसबाट कच्चा तेल किनेको निहुँ बनाएर ट्रम्प प्रशासनले भारतमाथि ट्यारिफ थोपरेको हो । अमेरिकी प्रशासनको यो निर्णय भारतमा झण्डै १० लाख रोजगारी सङ्कटमा परेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
कुन क्षेत्रमा पर्छ बढी असर ?
अमेरिकाको यो निर्णयसँगै भारतबाट अमेरिका निर्यात हुने टेक्सटाइल, लेदर, जेम्स एण्ड ज्वेलरी, अटो कम्पोनेन्ट, केमिकल, सी–फूड, इलेक्ट्रोनिक्स लगायत क्षेत्रका सबैभन्दा धेरै असर पर्ने भारतीय व्यवसायीहरूले बताउँदै आएका छन् ।
अहिलेको ट्यारिफले अमेरिकामा भारतीय सामान अहिलेको भन्दा ३५ प्रतिशतले बढ्ने उनीहरूको भनाइ छ । यसले ४८ अर्ब डलर बराबरको निर्यातमा प्रभाव पार्ने देखिएको छ ।
नयाँ ट्यारिफ लागु भएसँगै यसअघि नै अर्डर गरिएका सामानको हकमा के हुन्छ भन्नेमा व्यापारी अन्याेलमा छन् । सन् २०२४ मा भारतले अमेरिकामा १७ खर्ब रुपैयाँ बराबरको इञ्जिनियरिङ सामान निर्यात गरेको थियो । यसमा स्टिल, मेसिनरी र अटोपार्टस समेत समावेश छन् ।
यसअघि यी सामानमा १० प्रतिशत कर लाग्थ्यो । अब यो १५० हुनेछ । यसको निर्यातमा २० देखि २५ प्रतिशत कमी आउने सम्भावना औँल्याइएको छ ।
त्यस्तै, गत वर्ष ९ खर्ब रुपैयाँ बराबरको ज्वेलरी निर्यात भएको भारतीय तथ्याङ्क छ । यसमा काम गर्ने लाखौं कालीगढ मूल्यका कारण बेरोजगार बन्ने देखिन्छ ।
नेपाललाई अल्पकालीन लाभ
यो व्यवस्थाले नेपाललाई भने अल्पकालीन रूपमा लाभ हुने देखिएको छ । नेपालमाथि िभने १० प्रतिशत बराबर मात्रै ‘ककबेसलाइन ट्यारफि’ लगाएको छ ।
यो अवस्थामा अमेरिकामा नेपाली वस्तु भारतीय वस्तुभन्दा सस्तो हुने देखिन्छ । यसले गर्दा तत्काल नेपालबाट अमेरिका जाने सामानको माग तथा त्यसबाट हुने लाभ बढ्न सक्ने देखिन्छ ।
अहिलेको ट्यारफि युद्धले नेपालमाथि चोरी पैठारी रोक्नुपर्ने चुनौती थपिएको छ । अब भारतीय सामान चोरी पैठारी हुँदै नेपाल आयात हुने र नेपाली लोगो लगाएर अमेरिका लैजाने क्रम बढ्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण