जापानको यो सहरमा २ घण्टाभन्दा धेरै स्मार्टफोन चलाउन नपाइने
सारांश
- मध्य जापानको तोयोआके नगर सरकारले स्मार्टफोन प्रयोग सीमित पार्ने प्रस्ताव अघि सारेको छ।
- प्रस्ताव अनुसार, बासिन्दाले दिनमा २ घण्टा मात्रै स्मार्टफोन चलाउन पाउनेछन्, तर यसको उल्लङ्घनमा जरिवाना हुने छैन।
- यो नियम अक्टोबरदेखि लागू हुने सम्भावना छ र यसको उद्देश्य नागरिकहरूलाई स्मार्टफोन प्रयोगको समय व्यवस्थापन गर्न प्रेरित गर्नु हो।
टोकियो । मध्य जापानको एउटा सहरले आफ्ना सबै बासिन्दाको स्मार्टफोन प्रयोग सीमित पार्न खोजेको छ । सरहका ६९ हजार बासिन्दाले एक दिनमा २ घण्टा मात्रै स्मार्टफोन चलाउन् भन्ने स्थानीय आईची प्रिफेक्चरको तोयोआके नगर सरकारको चाहना छ ।
जसअनुसार नगर सरकारका कानुन निर्माताहरूले २ घण्टाभन्दा बढी फोन चलाउन नपाउनेसम्बन्धी प्रस्तावबारे छलफल गरिरहेका छन् । नगर सरकारले यही हप्ताको सुरुमा यो प्रस्ताव पेस गरेको थियो ।
प्रस्तावित समय कार्यस्थल र अध्ययनबाहिर लागू हुने बताइएको छ । यद्यपि, यो नियम तोड्नेलाई कुनै दण्ड जरिवाना भने लगाइने छैन । कानुन निर्माताहरूले पारित गरे भने यो कानुन अक्टोबरदेखि लागू हुनेछ । २ घन्टे समय सीमा नागरिकहरूलाई प्रेरित गर्नका लागि गाइडलाइन मात्रै भएको तोयोआकेका मेयर मासाफुमी कोकीले एक विज्ञप्तिमा बताएका छन् ।
यसको अर्थ नगरले बासिन्दाको अधिकार खुम्च्याउन खोजेको वा जरिवाना तिराउने भन्ने चाहिँ नभएको उनले बताए । यो नियम हरेक घरपरिवारलाई आफ्ना सदस्यले स्मार्टफोनमा खर्च गर्ने समयका साथै स्मार्टफोन गर्ने हुने दिनको समयबारे चर्चा गर्ने अवसर हुने आशा आफूले गरेको कोकीको बताएका छन् । खाना बनाउँदै वा व्यायाम गर्दै, अनलाइन सिकाइ, इ–स्पोर्ट प्रतियोगितामा सहभागी जस्ता चिजका लागि स्मार्टफोनको प्रयोग २ घन्टे समय सीमा भित्र नपर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण