बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुख्यमन्त्री बानियाँको राजनीतिक सल्लाहकारमा लामा नियुक्त

बिहीबार, १२ भदौ २०८२, १९ : २९
बिहीबार, १२ भदौ २०८२

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा बुद्ध लामा नियुक्त भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लामालाई मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेको हो ।

लामा नेपाली कांग्रेस मकवानपुरका सभापति समेत रहेका छन् । प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका लामाले राज्यमन्त्री सरहको सुविधा प्राप्त गर्नेछन् ।

२०३६ बाट कांग्रेसको राजनीतिक यात्रा सुरु गरेका लामा २०४२ को सत्याग्रह, २०४६ र २०६२/०६३ को जनआन्दोलनमा हिरासत समेत बसेका थिए ।

२०४८ बाट हेटौँडा–४ को सचिवबाट आधिकारिक रूपमा कांग्रेसको राजनीतिमा होमिएका उनी क्षेत्रीय सभापति हुँदै २०५२ मा कांग्रेस मकवानपुरको जिल्ला सदस्य भएका थिए ।

२०५४ को स्थानीय तहको निर्वाचनमा हेटौँडा–४ को अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका उनी २०५७ मा नेपाली कांग्रेस मकवानपुरको सहसचिव, २०६२ मा महाधिवेशन समिति सदस्य भएका थिए ।

सो पश्चात् निरन्तर रूपमा महासमिति सदस्य रहेका लामा २०६३ मा कांग्रेस मकवानपुरको कोषाध्यक्ष भएका थिए भने २०७२ मा सचिवको भूमिकामा रहेका काम गरेका थिए ।

उक्त समयमा कांग्रेस मकवानपुरको सभापति इन्द्रबहादुर बानियाँ रहेका थिए । उनी २०७८ को अधिवेशनबाट कांग्रेस मकवानपुरका सभापतिको रूपमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप