खोलाले बगाएर एक बालिकाको मृत्यु, एक युवा बेपत्ता
सारांश
- पनौती नगरपालिकामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।
- भोटेकोशी नदीमा एक युवा बेपत्ता भएका छन्, खोजी कार्य जारी छ।
- दुवै घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।
काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ भने एक युवा भोटेकोशी नदीमा बेपत्ता भएका छन् ।
इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीका अनुसार खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार साँझ ५ः०० बजे भेटिएको हो । पहिचान खुल्न नसकेको उक्त घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । मृतक बालिकाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।
त्यसैगरी, काभ्रेपलाञ्चोकको दोलालघाटस्थत भोटेकोशी नदीमा एक युवा बिहीबार दिउँसोदेखि बेपत्ता भएका छन् । भुम्लु गाउँपालिका–१ रिठ्ठेका २३ वर्षीय महेश दर्जीलाई भोटेकोशीले बगाएको हो । दर्जीलाई नदीमा पसेको आफ्नो कुकर जोगाउने क्रममा नदीले बगाएको जनाइएको छ । प्रहरीका अनुसार भुम्लु–८ स्थित दुलालेश्वर मन्दिर नजिकै बस्दै आएका दर्जीको सशस्त्र प्रहरी र जनपद प्रहरीको टोलीद्वारा खोजी कार्य भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण