मुग्लिन–पोखरा खडक पश्चिम खण्डः जामुनेमा धमाधम कालोपत्र गरिँदै
शुक्रबार, १३ भदौ २०८२, ०६ : ५९
सारांश
- मुग्लिन-पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ।
- ३९ किलोमिटरमध्ये ३६.८ किलोमिटर सडक कालोपत्र भइसकेको छ, बाँकी खण्डमा पनि काम भइरहेको छ।
- यो खण्ड ७ अर्ब ४० करोडको लागतमा निर्माण भइरहेको छ, र आगामी पुसमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
तनहुँ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) अन्तर्गत जामुने बजारमा कालोपत्र गर्न सुरु भएको छ ।
यो खण्डको ३९ किलोमिटरमध्ये ३६ दशमलव ८ किलोमिटर कालोपत्र भइसकेको छभने बाँकी खण्डमा धमाधम कालोपत्र भइहेको छ ।
मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड) का प्रमुख कृष्ण कुँवरका अनुसार पश्चिम खण्डअन्तर्गत म्याग्देको मौरीओडार, शुक्लागण्डकीको दुलेगौडा, कास्कीको विजयपुल, पोखरा विश्वविद्यालय आसपास कालोपत्र गर्न बाँकी छ । यो खण्डका १२ मध्ये १० पुल निर्माण भएका छन्भने एक सय कल्भर्टमध्ये ९२ वटा कल्भर्ट पनि बनेका छन् ।
सात अर्ब ४० करोडको लागतमा प्रारम्भ भएको यो खण्डको काम आगामी पुसमा सम्पन्न गर्ने लक्ष्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुज नजिक आगलागी भएको कन्टेनर जहाजका चालकदलको उद्धार
-
खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डामाथि इरानले गर्यो आक्रमण
-
बालेन सरकारविरुद्ध माइतीघरमा प्रदर्शन
-
विद्यार्थीलाई परम्परागतसँगै सांस्कृतिक ज्ञान प्रदान गर्दै समता
-
नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित
-
कम्युनिस्टहरूलाई किन गाली गर्दैछन् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण