लुम्बिनी लाभाजलाई होन्डाको साथ
काठमाडौँ । फ्रेन्चाइज भलिबल टिम लुम्बिनी लाभाजले आसन्न वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि होन्डालाई प्रायोजकको रूपमा भित्र्याएको छ । एभरेस्ट स्पोट्र्स म्यानेजमेन्ट अन्तर्गतको लुम्बिनी लाभाज भलिबल टिमले आगामी सिजनको प्रतियोगिताका लागि होन्डालाई आफ्नो आधिकारिक ‘पावर्ड बाई स्पोन्सर’को रूपमा अनुबन्ध गरेको छ ।
होन्डासंगको सहकार्यले लुम्बिनी लाभाज टोलीलाई थप प्रोत्साहन र ऊर्जा थपिएको क्लबले जनाएको छ । नेपालको अटोमोबाइल क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको होन्डा जस्तो प्रतिष्ठित ब्रान्डसँगको साझेदारीले नेपाली महिला भलिबलको विकासमा नयाँ आयाम थपिने विश्वास टिम व्यवस्थापनले लिएको छ । होन्डा नेपालसँगको सम्झौतासँगै टिमको जर्सी र सबै मिडिया तथा सामाजिक सञ्जालमा ‘लुम्बिनी लाभाज पावर्ड बाई होन्डा’ उल्लेख गरिनेछ ।
सम्झौता हस्ताक्षर कार्यक्रममा स्याकार ट्रेेडिङ्गका मार्केटिङ्ग म्यानेजर निजेनलाल श्रेष्ठले नेपाली खेलकुद र महिला खेलाडीहरूको सशक्तीकरणमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै लिगमा लुम्बिनी लाभाजको सफलताको कामना गरेका छन् । पद्य ज्योति ग्रुप अन्र्तगत रहेको स्याकार ट्रेडिङ्गले बिक्रि बितरण गर्दै आई रहेको होन्डाको स्कुटर र बाईकहरु नेपाली युवा वर्गमा निकै लोकप्रिय छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूको संयोजन रहेको लुम्बिनी लाभाजले यस सिजनको लिगमा उत्कृष्ट प्रदर्शन गर्ने तयारी गरिरहेको छ । होन्डा नेपालको साथले टोलीको मनोबल अझ बढेको र यसले दर्शकहरूमाझ उच्चस्तरीय खेल प्रस्तुत गर्न मद्दत पुग्ने विश्वास लुम्बिनी लाभाजले लिएको छ । इन्फिनिटी ड्रिम्स प्रा.लि.को आयोजनामा पोखरामा हुन लागेको एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण