काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
शुक्रबार, १३ भदौ २०८२, १२ : ३२
सारांश
- नयाँबजार नर्सरी चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेहरूमा रूपचन्द्र श्रेष्ठ पनि छन्, र उनी चन्द्रागिरिका हुन्।
- प्रहरीले ३ लाख ५९ हजार रुपैयाँ र ५८ बुक तास बरामद गरेको छ, र अनुसन्धान जारी छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१७ नयाँबजार नर्सरी चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरि–८ घर भएका ४२ वर्षीय रूपचन्द्र श्रेष्ठ पनि रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई नगद ३ लाख ५९ हजार रुपैयाँ र ५८ बुक तास सहित नियन्त्रणमा लिएको हो। प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण