शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
संसद् बैठक

चिनीको आपूर्तिको सन्तुलन मिलाउन सांसद साउदको माग

शुक्रबार, १३ भदौ २०८२, १३ : ३३
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • सांसद एनपी साउदले चिनीको आपूर्ति सन्तुलनका लागि राष्ट्रिय हित अनुकूल नीति बनाउनुपर्ने बताए।
  • उनले किसानहरूले अनुदान र बक्यौता रकम नपाएकोमा चिन्ता व्यक्त गर्दै तत्काल भुक्तानी गर्न माग गरे।
  • साउदले उखु किसानहरूको समस्या समाधानका लागि सरकारलाई आग्रह गरे, र विगतका आन्दोलनको स्मरण गराए।

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एनपी साउदले राष्ट्रिय हित अनुकूल हुने गरी चिनीको आपूर्ति सन्तुलनका लागि सरकारले दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले उद्योगी र किसानको हितलाई दृष्टिगत गर्दै चिनीको आपूर्ति सन्तुलनका लागि राष्ट्रिय हितअनुकूल हुने गरी दीर्घकालीन, पारदर्शी र समन्वयकारी नीति अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । 

साउदले सरकारबाट प्रदान गरिने अनुदान रकम कटौती र बक्यौता रकमसमेत नपाउँदा किसानहरू फेरि माइतीघरमा धर्ना दिन बाध्य भएका स्मरण गराउँदै वर्तमान स्थिति नेपालको कृषि निर्भर अर्थतन्त्र र उखुको उत्पादन चक्रका लागि चिन्ताजनक भएको बताए । 

उनले उखु किसानहरूले विगतमा पाउँदै आएको उत्पादनमा आधारित कृषि अनुदान प्रति क्विन्टल ७० रुपैयाँ पुनः उपलब्ध गराउन र बक्यौता रकम भुक्तानी गर्न पनि सरकारसँग माग गरे । 

२०६६ सालदेखि पटक–पटक आन्दोलन गर्दै आइरहेका उखु किसानहरू हरेक पटक आन्दोलनमा सरकारबाट समस्या समाधानको आश्वासन पाएपछि गाउँ फर्किने गरे पनि समस्या समाधान हुन नसकेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप