स्वास्थ्य बीमा नवीकरण नगरे चर्को शुल्क, सह–भुक्तानीमा भने आकर्षक छुट
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले समयमा स्वास्थ्य बीमा नवीकरण नगर्ने बिमित परिवारका लागि चर्को शुल्क लाग्ने जनाएको छ । बोर्डका जनस्वास्थ्य अधिकृत सूचना अधिकारी विकेश मल्लले एकपटकको अवसर दिँदै आगामी २०८२ असोज मसान्तसम्म नवीकरण गरेमा कुनै पनि थप शुल्क नलाग्ने बताए ।
उनले बोर्डले बिमित परिवारलाई निर्धारित समयभित्रै नवीकरण गरी स्वास्थ्य सेवामा लिन आग्रह गरे ।
उनका अनुसार असोज मसान्तपछि लाग्ने नयाँ विलम्ब शुल्कको व्यवस्था
- म्याद गुज्रेको तीन महिनाभित्र नवीकरण गरेमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकमको दश प्रतिशत थप ।
- त्यसपछि, छ महिनाभित्र नवीकरण गरेमाः योगदान रकमको तीस प्रतिशत थप
- छ महिनादेखि एक वर्षभित्र नवीकरण गरेमाः योगदान रकमको पचास प्रतिशत थप
- एक वर्ष पश्चात नवीकरण गरेमाः शत प्रतिशत (दोब्बर) रकम थप।
- दुई वर्ष पश्चात नवीकरण गरेमाः योगदान रकमको तीन गुणा बराबरको रकम
- तीन वर्ष पश्चात नवीकरण गरेमाः योगदान रकमको चार गुणा बराबरको रकम
जस्तै, वार्षिक ३,५०० सय योगदान गर्ने परिवारका लागि
यदि कुनै बिमित परिवारले वार्षिक ३,५०० योगदान गर्छ र उसको बीमाको म्याद २०८२ कार्तिक मसान्तसम्मको छ भने, उसले असोज मसान्तसम्म नवीकरण नगरेमा लाग्ने शुल्क यसरी लाग्छ ।
–२०८२ कार्तिक १ गते देखि पुष मसान्तसम्म (३ महिनासम्म) नवीकरण गर्दा ३,५०० सहित १० प्रतिशत (३५०) = रू ३,८५०
–२०८२ माघ १ गते देखि चैत्र मसान्तसम्म नवीकरण गर्दा ३,५०० सहित ३० प्रतिशत ( १,०५०) = रू ४,५५०
–२०८३ वैशाख १ गते देखि असोज मसान्तसम्म नवीकरण गर्दा ३,५०० सहित ५० प्रतिशत ( १,७५०) = ५,२५०
–२०८३ कार्तिक १ गते देखि २०८४ असोज मसान्तसम्म नवीकरण गर्दा ३,५०० सहित रू ७,०००
–२०८४ कार्तिक १ गते देखि २०८५ असोज मसान्तसम्म नवीकरण गर्दा ३,५०० सहित रू १०,५००
–२०८५ कार्तिक १ वा सो पश्चात (३ वर्ष भन्दा बढी) नवीकरण गर्दा ३,५०० सहित रू १४,००० रुपैँया लाग्ने छ ।
- सह–भुक्तानीमा चाहिँ आकर्षक छुट
सूचना अधिकारी बीमा कार्यक्रममा आबद्ध बीमितलाई भने सह–भुक्तानी (बीमा दाबी गर्दा ग्राहकले आफैंले पनि तिर्नुपर्ने रकम निश्चित अंश)मा आकर्षक छुट व्यवस्था गरिएको बताए । आबद्ध बीमितलाई सह–भुक्तानीमा ३० प्रतिशतसम्म सुविधा दिइएको मल्लले सुनाए । लामो समयसम्म नियमित नवीकरण गर्ने बीमितले ३० प्रतिशतसम्मको सह–भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाले बीमितहरूलाई आर्थिक भार कम गर्न सहयोग पुग्ने उनको जिकिर छ ।
उनका अनुसार तीन वर्षसम्म लगातार नियमित रुपमा बीमा नवीकरण गर्ने बीमितले प्रचलित कानून अनुसार गर्नु पर्ने सह–भुक्तानीमा १० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
यस्तै चार वर्षदेखि सात वर्षसम्म नियमित रुपमा बीमा नवीकरण गर्ने बीमितका हकमा पनि सह–भुक्तानीमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
यसैगरी सात वर्षभन्दा बढी समयसम्म निरन्तर रुपमा बीमा नवीकरण गर्ने बीमितहरूलाई सबैभन्दा बढी, सह–भुक्तानीमा ३० प्रतिशत छुट प्रदान गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजार स्थिर
-
विश्वकपमा मेस्सी, एम्बाप्पे र हालान्डको जादु, तर रोनाल्डो किन चुके ?
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण