विषादी मिसिएका खाद्य पदार्थ नियमन गर्न माग
काठमाडौँ । नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक महेश बर्तौलाले बजारमा बिक्रीका लागी राखिएका विभिन्न प्रकारका खाद्यवस्तुहरूमा अत्यधिक मात्रामा विषादी र रासायनिक पदार्थको प्रयोग भइरहेकाले त्यसको नियमन गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बर्तौलाले त्यस्ता खाद्य पदार्थका कारण जनस्वास्थ्यमा भयानक असर गरिरहेपनि सरकारले त्यसतर्फ चासो नदेखाएको बताए ।
‘खाद्य वस्तुहरूमा बढ्दो विषादी र रासायनिक पदार्थको प्रयोगले नसर्ने प्रकृतिका प्राणघातक रोगहरू मुटुसम्बन्धी रोग, क्यान्सर, किड्नी समस्या, मानसिक रोग तथा प्रजनन स्वास्थ्य सम्बन्धी रोगहरू दिनप्रतिदिन वृद्धि भइरहेको छ’, उनले भने, ‘यस्तो गम्भीर र जनस्वास्थ्य सँग सम्बन्धित विषयमा सरकारको तर्फबाट प्रभावकारी नियमन, नियन्त्रण तथा दोषीहरू प्रति कारबाहीको लागि नेपाल सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण