बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् शाकाहारी संघको अहिंसा महोत्सव

शुक्रबार, १३ भदौ २०८२, १७ : ०८
शुक्रबार, १३ भदौ २०८२

काठमाडौँ । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको प्राङ्गणमा अहिले फरक माहौल छ। जहाँ नेपाल शाकाहारी संघले आयोजना गरेको “अहिंसा महोत्सव नेपाल” चलिरहेको छ ।  हिजोदेखि सुरु भएको महोत्सव भोलिसम्म चल्नेछ। महोत्सवले शाकाहार, भेगन जीवनशैली र करुणामुखी सोचलाई एकै ठाउँमा ल्याएको छ।

प्रवेशद्वारमै “पशु बलि तथा पशु हत्या निषेध सचेतना अभियान” लेखिएको पर्चा हातमा पर्छ। त्यो पर्चाले नै महोत्सवको मुख्य सन्देश स्पष्ट गर्छ – जीवनका प्रत्येक अभ्यासमा अहिंसा र करुणालाई अपनाउने।

महोत्सवमा विभिन्न स्टल र प्रदर्शनी राखिएका छन्। प्राकृतिक सफाइका उपाय देखाउने स्टलदेखि ध्यान अभ्यासबारे जानकारी दिने कक्ष, पशु अधिकार र उद्धारका अभियान, पुस्तक बिक्री, इको आर्ट एक्जिबिशन र भेगन खानाका स्वाद चखाउन पाइने ठाउँसम्म सबैलाई केही न केही देख्न र बुझ्न मिल्छ। तर यी सबै प्रयासको अन्तिम सार एउटै हो – हिंसा रहित जीवनशैली सम्भव छ र त्यो हामी सबैको रोजाइ हुन सक्छ।

उत्सवमा घुम्ने जो–कोहीले देख्छन्, यो केवल उत्पादन वा परिकारको मेलामात्र होइन। यो त चेतना, जीवनशैली र मूल्यहरूको प्रदर्शनी हो। आयोजकहरूले चाहेजस्तै, मानिसहरूलाई पशुमा पनि अधिकार छ भन्ने कुरा सम्झाउने र प्रकृतिसँग सहअस्तित्वमा बस्न प्रेरित गर्ने प्रयास छ।

IMG-20250829-WA0347IMG-20250829-WA0348IMG-20250829-WA0349IMG-20250829-WA0350IMG-20250829-WA0351IMG-20250829-WA0352IMG-20250829-WA0353IMG-20250829-WA0354IMG-20250829-WA0355IMG-20250829-WA0357IMG-20250829-WA0359IMG-20250829-WA0360IMG-20250829-WA0362IMG-20250829-WA0363IMG-20250829-WA0366IMG-20250829-WA0367IMG-20250829-WA0370IMG-20250829-WA0371IMG-20250829-WA0373IMG-20250829-WA0374

तस्बिर : नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप