शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
चीन भ्रमण

प्रधानमन्त्री ओली आज चीन प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका

शनिबार, १४ भदौ २०८२, ०६ : ३५
शनिबार, १४ भदौ २०८२

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको तियानजिनमा हुने एससीओ शिखर सम्मेलनमा भाग लिन जाँदैछन्।
  • भ्रमणमा ओलीले चीन र रुसका राष्ट्रपतिलगायत ६ देशका सरकार प्रमुखहरूसँग द्विपक्षीय वार्ता गर्नेछन्।
  • ओलीले एससीओ सम्मेलनमा सम्बोधन गर्ने र अन्य विश्व नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमणमा जाँदै छन् ।  तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुन आज  बिहान ७ बजे उनी चीन जान लागेका हुन् । 

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित ६ देशका सरकार प्रमुखसँग द्विपक्षीय वार्ता गर्ने टुंगो लागेको छ ।

ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटघाट गर्ने कार्यक्रम छ । उनले भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । एससीओ शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्रीले केही विश्व नेताहरूसँग भेटघाट गर्नेछन् । 

भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन् । 

प्रधानमन्त्री ओलीको भदौ १८ गते बेलुकी साढे १० बजे स्वदेश फर्कने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप