ला लिगा
अलाभेससँग बराबरीमा रोकियो एट्लेटिको म्याड्रिड
शनिबार, १४ भदौ २०८२, २२ : ५६
सारांश
- शनिबार राति भएको खेलमा एट्लेटिको म्याड्रिड अलाभेससँग १-१ को बराबरीमा रोकियो।
- एट्लेटिकोका जुलियानो सिमियोनेले ७औँ मिनेटमा गोल गरे भने अलाभेसका कार्लोस भिसेन्टेले पेनाल्टीबाट गोल फर्काए।
- खेल अलाभेसको घरेलु मैदानमा भएको थियो, जसमा एट्लेटिकोले २ र अलाभेसले ४ अंक बटुले।
काठमाडौँ । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा अलाभेससँग एट्लेटिको म्याड्रिड १–१ को बराबरीमा रोकिएकाे छ ।
एट्लेटिकोका जुलियानो सिमियोनेले खेलको ७औँ मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए। तर, १४औँ मिनेटमा कार्लोस भिसेन्टेले पेनाल्टीमार्फत गोल गर्दै अलाभेसलाई बराबरीमा ल्याए।
खेल अलाभेसको घरेलु मैदान एस्टादियो दे मेंडिजोरोत्जामा सम्पन्न भएको थियो। बराबरीसँगै दुवै टोलीले समान एक–एक अङ्क बाँडेका छन्। एट्लेटिको म्याड्रिडले तीन खेलबाट दुई अङ्क बटुलेको छ भने अलाभेस समान तीन खेलबाटै ४ अङ्क प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण