बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आधिकारिक उम्मेदवार घोषणाअघि रास्वपाका ९ आकाङ्क्षी रविलाई भेट्न नख्खुमा

आइतबार, १५ भदौ २०८२, १२ : ४९
आइतबार, १५ भदौ २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका रुपन्देही-३ का उम्मेदवारका आकांक्षीहरू सभापति रवि लामिछानेलाई भेट्न नख्खु जेल पुगेका छन्।
  • उपनिर्वाचनका लागि आवेदन दिएका नौ जनाले पार्टीको आधिकारिक उम्मेदवार घोषणा हुनुअघि भेटेका हुन्।
  • रास्वपाले उम्मेदवार छनोटका लागि सचिवालय बैठक बोलाएको छ र आधिकारिक घोषणा गर्ने तयारी गरेको छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रुपन्देही–३ मा उम्मेदवारका नौ जना आकाङ्क्षीहरू सभापति रवि लामिछानेलाई भेट्न ललितपुरस्थित नख्खु जेल पुगेका छन् । पार्टीको आधिकारिक उम्मेदवार घोषणा हुनुअघि उनीहरू रविलाई भेट्न नख्खु जेल गएका हुन् । 

अहिले भेट्नका लागि पालो कुरेर बसिरहेको आकाङ्क्षी कुशम श्रेष्ठले जानकारी दिइन् । कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आवेदन दिएका व्यक्तिहरूमा सुलभ खरेल बुटवल–१६, पार्थिवेन्द्र उपाध्याय सिद्धार्थनगर–७, डा. लेखजंग थापा सिद्धार्थनगर–९, ज्ञानु पौड्याल सिद्धार्थनगर–८, जीतबहादुर गुप्ता सिद्धार्थनगर–१, कुसुम महर्जन मध्यपुर ठिमी– ६ भक्तपुर, रचना क्षेत्री सिद्धार्थनगर–३, पुनमकुमारी अग्रवाल सिद्धार्थनगर–८ र मधुप्रसाद अर्याल बुटवल–१७ रुपन्देही रहेका छन् । 

उम्मेदवार छनोट कार्यविधि र घोषणाको तयारीका लागि रास्वपाले दिउँसो १ः३० बजे सचिवालय बैठक बोलाएको छ भने ४ः ३० बजे आधिकारिक उम्मेदवार घोषणा कार्यक्रम राखिएको छ । यसपटक रास्वपाले ५० प्रतिशत प्रारम्भिक निर्वाचन र ५० प्रतिशत लिडरशिप एकेडेमी, पोल्टिकल प्रोक्जीमिटी र समावेशीबाट उम्मेदवार छान्नेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप