ग्रोकको गोप्य कुरा चोरेर ओपनएआईलाई दिएको आरोपमा पूर्वकर्मचारीविरुद्ध मुद्दा
सारांश
- एलन मस्कको कम्पनी एक्सएआईले पूर्व इन्जिनियर सुइचेन लीविरुद्ध मुद्दा दायर गरेको छ, जसले गोप्य जानकारी ओपेनएआईलाई हस्तान्तरण गर्न खोजेको आरोप छ।
- लीले एक्सएआईको च्याटबट ग्रोकसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी चोरेर ओपनएआईलाई दिन खोजेका थिए, जसले च्याटजीपीटीलाई अझ शक्तिशाली बनाउन सक्थ्यो।
- यो मुद्दा मस्क र ओपनएआई बीचको बढ्दो द्वन्द्वको एक अंश हो, जसमा मस्कले ओपनएआईलाई नाफा कमाएको आरोप लगाएका छन्।
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्सको दुनियाँमा अर्को ठूलो विवाद देखा परेको छ। एलन मस्कको कम्पनी एक्सएआईले क्यालिफोर्निया संघीय अदालतमा आफ्ना पूर्व इन्जिनियर सुइचेन लीविरुद्ध मुद्दा दायर गरेको छ।
लीले कम्पनीको प्रमुख च्याटबट ग्रोकसँग सम्बन्धित गोप्य जानकारी चोरेर ओपनएआईलाई हस्तान्तरण गर्ने प्रयास गरेको आरोप छ। यो चोरी भएको डाटा यति महत्त्वपूर्ण छ कि ओपनएआईले उसको च्याटबट च्याटजीपीटीलाई अझ शक्तिशाली बनाउन प्रयोग गर्न सक्ने कम्पनीको दाबी छ ।
सुइचेन ली सन् २०२३ मा एक्सएआईमा सामेल हुँदा ग्रोकको तालिम र विकासमा काम गरिरहेका थिए। उजुरी अनुसार, यस वर्ष उनले ओपनएआईबाट जागिरको प्रस्ताव स्वीकार गरे, र ७ मिलियन डलर मूल्यको एक्सएआई सेयर पनि बेचे। यसपछि लीले महत्त्वपूर्ण फाइलहरू प्रतिलिपि बनाएको र छोड्नु अघि आफ्नो डिजिटल ट्रेसहरू मेटाउने प्रयास गरेको कम्पनीले आरोप लगाएको छ । अगस्ट १४ मा भएको बैठकमा, लीले कागजातहरू लिएको पनि स्वीकार गरेका थिए । पछि उनको उपकरणबाट थप सामग्री बरामद भयो।
- एक्सएआईको तर्क
एक्सएआईका अनुसार लीले पहुँच गरेको जानकारी ‘अत्याधुनिक एआई प्रविधि’ सँग सम्बन्धित छ जसमा च्याटजिपिटीभन्दा पनि राम्रा सुविधाहरू छन्। कम्पनीले अदालतबाट आर्थिक क्षतिपूर्ति मात्र माग गरेको छैन तर लीलाई ओपन एआईमा सामेल हुनबाट रोक्न आदेश पनि माग गरेको छ।
यो मुद्दा केवल एक इन्जिनियरमा मात्र सीमित छैन । यो मस्क र ओपनएआई बिचको बढ्दो द्वन्द्वको एक अंश हो। मस्कले सन् २०१५ मा ओपनएआईको सह-स्थापना गरेका थिए तर अहिले उनी यसको सबैभन्दा ठुला आलोचकहरू मध्ये एक हुन्।
मस्कले पहिले नै ओपनएआई र सीईओ साम अल्टम्यानलाई गैर-नाफामुखी वाचाहरू त्यागेर नाफा कमाएको आरोप लगाउँदै मुद्दा हालिसकेका छन्। साथै, अप्रिलमा ओपनएआईले पनि मस्कविरुद्ध उत्पीडनको लागि कानुनी कारबाही गरेको थियो।
यति मात्र होइन, यस हप्ता एक्सएआई ले टेक्सासमा अर्को मुद्दा दायर गरेको छ जसमा ओपनएआई र एप्पललाई आईफोनजस्ता उपकरणहरूमा एआई च्याटबटहरूमा एकाधिकारको आरोप लगाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण