आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

भारतमा बसेर मिर्गौला तस्करी गरेको आरोपमा दुई जना पक्राउ

आइतबार, १५ भदौ २०८२, १५ : ४२
आइतबार, १५ भदौ २०८२

सारांश

  • प्रहरीले भारतमा मिर्गौला तस्करी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
  • पक्राउ पर्नेमा सिन्धुपाल्चोक र इन्द्रावतीका व्यक्तिहरू छन्, जसलाई महेन्द्रनगर र पर्साबाट पक्राउ गरिएको हो।
  • उनीहरूले भारतको नयाँ दिल्लीमा बसेर नेपाली युवतीहरूको मिर्गौला तस्करी गर्दै आएका थिए, जसमा एक जनाले २५ जनाको मिर्गौला निकालेको स्वीकार गरेका छन्।

काठमाडौँ । भारतमा बसेर मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएका ३८ वर्षीय श्यामकृष्ण भण्डारी र इन्द्रावती गाउँपालिका–२ घर भएका २९ वर्षीय सुजन भारती छन् । 

मानव बेचबिखन ब्यूरोका एसएसपी कृष्ण पङ्गेनीले उनीहरूलाई महेन्द्रनगर र पर्साबाट पक्राउ गरिएको बताए ।

उनीहरू लामो समयदेखि भारतमा बसेर नेपालका युवती युवतीको मिर्गौला तस्करीमा संलग्न थिए । पङ्गेनीले भण्डारीलाई कञ्चनपुरको महेन्द्रनगर र भारती वीरगञ्जको पर्साबाट नियन्त्रणमा लिइएको दाबी गरेका छन् । 

तर, प्रहरी स्रोतका अनुसार उनीहरू भारतको नयाँ दिल्लीबाट पक्राउ परेका हुन् । उनीहरू लामो सयमदेखि नयाँ दिल्ली स्थित लाजपतमा बसेर मिर्गौला तस्करी गर्दै आएको ब्यूराेको अनुसन्धानबाट थाहा भएको छ । श्यामकृष्णले अहिलेसम्म २५ जना नेपालीको मिर्गौला निकालेको स्वीकार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप