मकवानपुरबाट गाँजासहित ६ जना पक्राउ
हेटौँडा । मकवानपुर प्रहरीले एकैदिन दुई वटा छुट्टाछुट्टै घटनामा लागुऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी बसामाडीबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका–३ बसामाडीबाट उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान ४ः५० बजे २६ किलो १० ग्राम गाँजासहित ३ जनालाई पक्राउ गरिएको हो ।
नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको बाप्र०६–००१ ज ०५०३ नम्बरको यात्रुबाहक ईभी गाडीमाथि प्रहरीले शंकाको आधारमा चेकजाँचका क्रममा गाडीमा सवार ३ जनाको झोलाभित्र लुकाई छिपाई ल्याइएको अवस्थामा २६ किलो १० ग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–१ का ३० वर्षीय प्रेमराज मोक्तान, १९ वर्षीय सन्दिप थिङ र १९ वर्षीय बुद्धिलाल मोक्तान रहेका छन् ।
त्यस्तै आइतबार बिहान ४ः१५ बजे सोही स्थानबाट प्रहरी टोलीले बाप्र०१–००२ ज ६५४९ नम्बरको ईभी गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीभित्र लुकाएर ल्याइएको ११२ किलो ७९० ग्राम गाँजा बरामद भएको थियो ।
प्रवक्ता अर्यालका अनुसार उक्त घटनामा गाडी चालक काभ्रेको पाँचखाल नगरपालिका–८ का २१ वर्षीय सुदिप तामाङ, सोही स्थानका २० वर्षीय सविन तामाङ र दोलखाको सैलुङ गाउँपालिका–८ बस्ने २२ वर्षीय सागर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका ६ जनालाई मकवानपुर जिल्ला अदालतबाट लागुऔषध कसुर मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण