बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
अन्तर–संवाद

सुरेन्द्र पाण्डे भन्छन्– विद्या भण्डारीको पार्टी सदस्यता रोक्न मिल्दैन

सोमबार, १६ भदौ २०८२, १४ : ३६
सोमबार, १६ भदौ २०८२

सारांश

  • एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले संविधानले कसैलाई पनि पार्टीमा निषेध नगरेको बताए।
  • उनले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई कुनै पार्टीको सदस्य बन्न नरोकेको उल्लेख गरे।
  • पाण्डेले पार्टी विधान बनाएर सदस्य रोक्न नमिल्ने र प्रजातान्त्रिक अधिकारको उल्लङ्घन गर्न नहुने बताए।

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको संविधानले कोही पनि व्यक्तिलाई पार्टीमा निषेध नगरेकाले कुनै पार्टीले रोक्न नमिल्ने बताएका छन् । सोमबार काठमाडौँमा भएको ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तर-संवाद कार्यक्रममा  बोल्दै उपाध्यक्ष पाण्डेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पनि कुनै पार्टीको सदस्य नहुन भनेर संविधानले कतै बन्देज नलगाएको बताएका हुन् । 

‘राष्ट्रपतिलाई पनि पार्टीको सदस्य नहुनु भनेको छैन’, पाण्डेले भने– ‘संविधानले ३ वटा अवस्थाको मात्रै चर्चा गरेको छ ।’ संविधानको त्यो व्यवस्था अनुसार निर्वाचित भएको पद, मनोनीत भएको पद र नियुक्ति भएको पद राष्ट्रपति भएपछि स्वतः जाने र त्यो बाहेक अरू कुनै व्यवस्था नरहेको पाण्डेको भनाइ छ ।

‘संविधानले नगरेको कुरा कुनै एउटा पार्टीले विधान बनाएर रोक्न मिल्छ र ?’, प्रश्न गर्दै पाण्डेले भने–  ‘निर्णय गरेर रोक्न मिल्छ र ?’ यस्ता विषयहरूमा प्रजातान्त्रिक अधिकारलाई उल्लङ्घन गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टीले गर्न नमिल्ने पाण्डेको भनाइ छ ।

उनले सदस्य हुने वित्तिकै पार्टी अध्यक्ष भइहाल्ने भन्ने नहुने भन्दै अध्यक्ष हुने प्रक्रिया फरक रहेकाले सदस्यबाट रोक्न नमिल्ने भएकाले विधान महाधिवेशनमा उठाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप