विमति नसमेटिए फरक मत अघि बढ्छ : सुरेन्द्र पाण्डे
सारांश
- एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले विधान महाधिवेशनमा फरक मत दस्ताबेजमा नसमेटिए अघि बढाउने बताए।
- उनले पार्टीमा रहेका विमति दस्ताबेजमा समेटिए विमति नहुने र नसमेटिए फरक मत रहने बताए।
- पाण्डेले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यताको विषयमा फरक मत राखेको बताए।
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आगामी विधान महाधिवेशनमा आफूहरूका फरक मत पार्टीका आधिकारिक दस्ताबेजमा नसमेटिए फरक मतकै रूपमा अघि बढाउने तयारी भएको बताएका छन् ।
सोमबार काठमाडौँमा भएको ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले आफूहरुले विगतको बैठकमा पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यताबारे राखेको फरक मत पार्टीका नेताहरूले पेस गर्ने दस्ताबेज हेरेपछि थाहा हुने बताए ।
‘पछिल्लो बैठकमा म सहित नेताहरूले फरक मत राखेका हौँ । त्यो फरक मत नोट कमिटीलाई समेट्न आग्रह गर्यौँ’, उनले भने, ‘तर अपानिमा आएन र हामीले पुनः पार्टीलाई फरक मत समेट्न आग्रह गरेका छौँ ।’
उनले अब हुने विधान महाधिवेशनमा पार्टीमा रहेका विमतिहरू दस्ताबेजमा समेटिए विमति कायम नहुने तर नसमेटिए स्वभाविका रूपमा फरक मत रहने बताए ।
‘त्यो विमति समावेश गरियो भने विमति रहने नै भएन । यदि समेटिएन भने कायमै रहन्छ र हामीले उठाउने छौँ’,पाण्डेको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण