नयाँ सभापतिको नेतृत्वमा राज्य व्यवस्था समितिको पहिलो बैठक
सारांश
- नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेको नेतृत्वमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसेको छ।
- बैठकमा हालसम्मका कामको समीक्षा र निवर्तमान सभापति रामहरि खतिवडालाई धन्यवाद दिने कार्यसूची रहेको छ।
- समितिमा नेपाल प्रहरी विधेयक लगायतका विभिन्न विधेयक विचाराधीन छन् र ७२ भन्दा धेरै उजुरीमाथि छलफल हुन सकेको छैन।
काठमाडौँ । नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेको नेतृत्वमा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक मंगलबार दिउँसो बसेको छ ।
_Ie4ToRBggc.jpg)
उनी सभापति भएपछि समितिको बैठक पहिलो पटक बसेको हो । उनी भदौ ११ गते सभापतिमा निर्वाचित भएकी थिइन् ।
_VOf3dtW7d0.jpg)
न्यौपानेले आजको बैठकमा हालसम्मका कामकारबाहीको समीक्षा हुने जानकारी दिइन् । ‘बैठकमा समितिका हालसम्मका कामको समीक्षा गर्ने र निवर्तमान सभापति रामहरि खतिवडालाई धन्यवाद दिने कार्यसूची छ,’ सभापति न्यौपानेले रातोपाटीसँग भनिन् ।
_05MpnaJ4bx.jpg)
यसअघिका सभापति रामहरि खतिवडा कुलिङ अफ पिरियड सम्बन्धी विवादमा मुछिएपछि गत साउन २८ गते सभापति पदबाट राजीनामा दिएका थिए ।
_yXPjPrsJrv.jpg)
समितिमा नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक विचाराधीन छन् । समितिमा रहेका ७२ भन्दा धेरै उजुरीमाथि बैठक बस्न नसक्दा छलफल हुन सकेको छैन ।
_l4PYiF6HWV.jpg)
_xywS8qNXOo.jpg)
_qjXgu2d570.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण