अपडेट
वीरगन्जमा मत्थर हुँदै हैजा र झाडापखाला (तस्बिरहरू)
बुधबार, १८ भदौ २०८२, ०९ : २३
सारांश
- वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको महामारी मत्थर हुँदै गएको छ।
- ९३४ झाडापखालाका बिरामीमध्ये ८६२ जना उपचारपछि घर फर्किएका छन् भने ७२ जना उपचाररत छन्।
- हैजाबाट १९३ जना संक्रमितमध्ये १८२ जना निको भएर घर फर्किएका छन्।
काठमाडौँ । वीरगन्जमा फैलिएको हैजा र झाडापखालाको महामारी मत्थर हुने क्रममा रहेको छ । हैजाबाट निको भई घर फर्किनेको सङ्ख्या बढ्दै गएको छ।
स्वास्थ्य कार्यालय पर्साका अनुसार मंगलबार बेलुकासम्म ९३४ जना झाडापखालाका बिरामी अस्पतालमा भर्ना भएकामा ८६२ जना उपचारपछि घर फर्किसकेका छन् । ७२ जना अहिले पनि उपचाररत छन् ।
_NEYmhaOENb.jpg)
नयाँ सङ्क्रमित थपिने क्रम पनि जारी छ । हालसम्म १९३ जनामा हैजा पुष्टि भइसकेकोमा १८२ जना घर फर्किसकेका छन् भने अन्य ११ जना उपचाररत छन् ।
_9u38auohJp.jpg)
गत २८ साउनदेखि फाटफुट रूपमा झाडापखालाका बिरामी देखा परे पनि गत सातादेखि प्रकोपको रूप लिएको थियो । वीरगन्जमा फैलिएको हैजाको स्रोत भने अझै पत्ता लागेको छैन। तस्बिरहरू : सौरव शाह, नेपाल फोटो लाइब्रेरी
_i94NNz6v1D.jpg)
_viM84yQRBQ.jpg)
_b5KMfaDCdZ.jpg)
_e4uIHUUcbR.jpg)
_eUx620wIuG.jpg)
_MK1Rd7GOcR.jpg)
_h1JG5Jgjbv.jpg)
_sUNHrshu1a.jpg)
_U4YdAHJbnJ.jpg)
_ZLMry7T11N.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण