पाकिस्तानको क्वेटामा विस्फोट, १३ जनाको मृत्यु
सारांश
- क्वेटामा बलुचिस्तान नेशनल पार्टीको र्यालीपछि भएको विस्फोटमा १३ जनाको मृत्यु भयो।
- विस्फोटमा ३१ जना घाइते भएका छन्, र घटना नवाब नियाज जेहरीको गाडी नजिकै भएको थियो।
- राज्य सरकारले घटनाको अनुसन्धानको आदेश दिएको छ र मुख्यमन्त्रीले यसको निन्दा गरेका छन्।
इस्लामावाद । पाकिस्तानको क्वेटामा बलुचिस्तान नेशनल पार्टी (बीएपी)को र्यालीपछि भएको विस्फोटमा १३ जनाको मृत्यु भएको छ । यस घटनामा अरु ३१ जना घाइते भएका छन् ।
बैठक सकिएपछि बैठक स्थलबाट केही टाढा आफ्नो साथीलाई पर्खिरहेका समयमा अचानक ठूलो विस्फोट भएको विस्फोटका घाइते जमान बलोचले बताए । विस्फोट पछि धेरै मानिसहरू भुइँमा लडिरहेको आफूले देखेको अनि चारैतिरबाट चिच्याइरहेको आवाज आइरहेको पनि उनले बताएका थिए ।
यो विस्फोट नवाब नियाज जेहरीको गाडी नजिकै भएको बलुचिस्तान नेशनल पार्टीका केन्द्रीय सूचना सचिव आगा बलोचले भने । विस्फोटमा उनका केही व्यक्तिगत सुरक्षाकर्मी पनि मारिएको उनको भनाइ थियो ।
राज्य सरकारले यस घटनाको अनुसन्धानको आदेश दिएको छ । बलुचिस्तानका मुख्यमन्त्री मीर सरफराज बुगटीले घटनाको निन्दा गरेका छन् । विस्फोट मानवताका शत्रुहरूको कायरतापूर्ण कार्य भएको उनको भनाइ थियो । ‘आतंककारीहरूको अपवित्र योजनालाई हरेक हालतमा विफल पारिएको छ’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण