इटालीको स्वाद अब काठमाडौँमा : प्रिमियम चीजदेखि प्रोसिउत्तोसम्म (तस्बिरहरू)
सारांश
- काठमाडौँमा अब Parmigiano Reggiano चीजको स्वाद लिन सकिने भएको छ।
- आरसी एन्ड कम्पनीले इटालियन स्वाद र परम्परा नेपालमा ल्याएको छ, जसमा लाइभ कुकिङ प्रदर्शनी पनि गरिएको थियो।
- कम्पनीले नेपाली बजारमा इटालियन प्रिमियम उत्पादनहरू प्रस्तुत गर्दै थप ब्रान्ड ल्याउने योजना बनाएको छ।
काठमाडौँ । चीजको राजा मानिनेParmigiano Reggiano को स्वाद अब काठमाडौँमै लिन सकिने भएको छ । आरसी एन्ड को कम्पनीले नेपालमा इटालीका उत्कृष्ट स्वाद र परम्परा नेपाल ल्याएको हो ।
रोड हाउससँगको सहकार्यमा कार्यक्रम गरी इटालियन कुजिन प्रस्तुत गरिएको हो । त्यसक्रममा लाइभ कुकिङ गरी प्रदर्शनी पनि गरिएको थियो ।

आरसी एन्ड कम्पनीले इटालीका प्रिमियम उत्पादनहरू नेपाली बजारमा प्रस्तुत गर्ने उद्देश्यले नेपाल ल्याएको हो । Latteria Soresinaको Parmigiano Reggiano (King of Cheese) र Galloni को Prosciutto Parma Ham (cured Parma ham) जस्ता ब्रान्डका खानाहरू नेपाल ल्याइएको छ । यी दुवै ब्रान्डले अन्तर्राष्ट्रिय पुरस्कार पनि जितेका छन् ।
अन्य उत्पादनमा Greci (सुक्खा उत्पादन), Segafredo (कफी) र Pizzamaster(पिज्जा ओभन) समेत नेपाल ल्याइएको आरसी एन्ड को कम्पनीका म्यानेजर विप्लव खनालले जानकारी दिए ।

यस कार्यक्रममार्फत नेपाली बजारमा इटालियन प्रिमियम उत्पादनको अभाव पूरा गर्ने र आगामी दिनमा थप ब्रान्ड तथा सेगमेन्ट भित्र्याउने योजना रहेको छ । नेपालमा इटालियन रेस्टुरेन्ट भए पनि अथेन्टिक सामान पाउन गाह्रो भएकाले गुणस्तरीय सामान लिएर आएको उनले बताए।

मार्केटमा देखिएको ग्याप हटाउन खोजेको उनले बताए । सँगसँगै तालिम पनि दिने कम्पनीको योजना छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण